‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किएका छन्। ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रुपमा रहेका उनी आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किएका हुन्। कोरोना संक्रमण भएर अक्सिजन लेबल कम भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो। दुई साताको अस्पताल बसाई पछि उनी घर फर्किएर आराम गरिरहेका थिए। जसकारण श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को सेटमा उपस्थित हुन सकेका थिएनन्। दीप श्रेष्ठ उपस्थित हुने नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’का रुपमा राजेशपायल राई उपस्थित भएका थिए। ‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।

Leave a Reply