‘शमशेर’मा प्रकाश शाह र सुमन थापा अनुबन्धित

निर्देशक फाइनल नभएको चलचित्र ‘शमशेर’मा ‘साङ्लो र लभस्टेसन’ अभिनेता प्रकाश शाह र एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थी सुमन थापा अनुबन्धित भएका छन् ।

उनीहरु दुवै जनाले चलचित्रमा आफ्नो राम्रो र चुनौती पुर्ण भएकाले काम गर्न राजी भएको बताए । चलचित्रको मुख्य भुमिकामा यसअघि नै अभिनेता मनिष राउत र गौरव पहारी अनुबन्धित भैरहेका छन् । चलचित्रको हाल मुख्य अभिनेत्री र निर्देशकको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ ।

एक्सन जनरामा निर्माण गरिने चलचित्रमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । चलचित्रमा हिमेश पन्त, सुमन गौतम, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइनर रहेको चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

Leave a Reply