ऐश्वर्याको ‘पीएस-वान’को दमदार ट्रेलर सार्वजनिक

विस्तृत शीर्षक ‘पोनिया सेल्भन : पार्ट वान’कोट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर दमदार र नाटकीय रूपमा रमाइलो छ। चलचित्रका सबै कलाकारहरुको स्क्रिन उपस्थिति र प्रदर्शनको साथ मनमोहक देखिन्छन्। विक्रम, कार्ती, जयम रवि, ऐश्वर्या राई र त्रिशाको मुख्य भूमिका रहेको प्रतीक्षित चलचित्र यस वर्षको सेप्टेम्बर ३० मा रिलिज हुँदैछ ।

ट्रेलरमा कमल हसन र रजनीकान्तले पनि स्वर दिएका छन् । ट्रेलरको मुख्य आकर्षण भनेको रानी नन्दिनीको भूमिका निभाएकी ऐश्वर्या राई बच्चन हो । ऐश्वर्या दोहोरो भूमिकामा देखिनेछिन् । उनले बदला लिने अभियानमा लागेकी रानी नन्दिनी र ऐतिहासिक नाटकमा मंदाकिनी देवीको भूमिका निर्वाह गर्नेछिन् ।

कल्कि कृष्णमूर्तिको ऐतिहासिक महाकाव्यमा आधारित, पोन्नियिन सेल्भानले भारतको इतिहासमा ‘सबैभन्दा ठूलो’ साम्राज्य, चोल साम्राज्यको कथा बताउँछन्। चलचित्रको पटकथा मणिरत्नम, जयमोहन र कुमार रत्नमले लेखेका हुन् । ओस्कार विजेता एआर रहमानको संगीत, श्रीकर प्रसादको सम्पादन, रवि बर्मनको छायांकन छ । मद्रास टाकिजको निर्माण रहेको फिल्मले लाइका प्रोडक्सनसँग सहकार्य गरेको छ ।

Leave a Reply