निर्देशक शिशिर राणा बैंकिङ कसुरको मुद्दामा पक्राउ

निर्देशक तथा कलाकार शिशिर राणालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दामा उनलाई सीआईबीको टोलीले सोमवार बिजुली बजारबाट पक्राउ गरेको हो । सीआईबीका अनुसार, राणाले ललितपुरका एक व्यक्तिबाट ४५ लाख ऋण लिएका थिए । तर, भुक्तानी गर्दा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो ।

‘तिमीसँग र पोई पर्‍यो काले’ गरी दुई चलचित्रको निर्देशन गरिसकेका उनले ‘अन्दाज, वडा नम्बर छ, क्लासिक, वीर विक्रम, कायरा, रामकहानी’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।

Leave a Reply