कोरोना भाइरसको विषयमा बन्यो चलचित्र, हेर्नुस् ट्रेलर(भिडियो)

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको विषयमा चलचित्र  निर्माण भएको छ । कोरोनाका विषयमा बनेको ‘कोरोनाः फियर इज अ भाइरस’ निर्माण सम्पन्न भइसकेको छ । चलचित्र को छोटो ट्रेलर समेत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको छोटो भिडियोमा लिफ्टमा फसेका ७ जनालाई मुख्य पात्र बनाइएको छ । लिफ्टमा फसेका ७ जनामध्ये एकले खोकेपछि चलचित्र को मुख्य कथा, पात्रको संघर्ष र डर सुरु हुन्छ ।

बीबीसीमा उल्लेख गरिएअनुसार यो महिनाको अन्त्यमा उक्त चलचित्र डिजिटल प्लेटफर्मममा हेर्न पाइने छ ।क्यानेडियन निर्देशक मोस्तफा केशवानीले चीनमा कोरोनाको संक्रमण देखिनेबित्तिकै चलचित्र बनाउन सुरु गरेको बताउँदै यो कोरोनासम्बन्ध पहिलो चलचित्र  रहेको जानकारी दिएका छन् ।

Leave a Reply