चलचित्र प्राविधिकहरुको लागि सहयोग जुटाउँदै स्वस्तिमा(भिडियो)

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म प्राविधिकहरुलाई सहयोग गर्न अभियान थालेकी छन् । बुधवार सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै सहयोग अभियान सुरु गरेको जानकारी दिदै कोरोनाका कारण समस्यामा रहेका प्राविधिकहरुलाई सकेको सहयोग गर्न अपिल गरेकी छन् । स्वस्तिमाले भिडियोमा भनेकी छिन्–‘यतिबेला हामी असामान्य परिस्थितीसँग गुज्रिरहेका छौं । कोरोनाका कारण अहिले चलचित्र पनि निर्माण भैरहेका छैनन् । जसलेगर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या भएको खबर पढ्दा म निकै भावूक भएकी छु । स्वस्तिमाले प्राविधिकहरुको संघबाट टेलिफोनमार्फत् प्राविधिकहरुको अवस्थाबारे बुझ्दा तीन सयमध्ये सय जनाको अवस्था अत्यन्त दयनीय रहेको जानकारी पाएपछि आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई प्राविधिकको सहयोगका लागि आग्रह गरेको र सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएकी छन् ।

 स्वस्तिमाले यो समयमा सहयोग माग्न आफूलाई एकदमै अप्ठेरो लागे पनि सक्नेले सहयोग गर्न आग्रह गरेकी छन् । उनले प्राविधिकहरुलाई सहयोग गर्न चाहनेले इसेवा आइडी ९८४१०१७७६४ या कुमारी बैंकको डिजिटल क्यूआर कोर्डमार्फत् सहयोग पठाउन सक्ने बताएकी छन् ।

Leave a Reply