वर्षाको सुझाव–‘नेतालाई पढाउने र वुझाउने तालिम केन्द्रको लागि पनि बजेट भए हुने’

शनिबार नेपाल सरकारले आर्थिक वर्ष २०७८–०७९ का लागि सार्वजनिक गरेको बजेटलाई लिएर नायिका वर्षा सिवाकोटीले आफ्नो प्रतिक्रिया दिएकी छिन् । वर्षाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेतालाई पढाउने र वुझाउने तालिम केन्द्रको लागि पनि बजेट विनियोजन गर्दा हुने सुझाव दिएकी छिन् । उनले अगाडि लेखेकी छिन्–‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो । यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ । तर, भाषण सकिने वित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।’ कोरोनाका कारण देश आक्रान्त रहेको यो समयमा देशको राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा नभएर सत्ता हत्याउने र जोगाउनेमा अल्झिएको छ । नेपाली फिल्मकर्मीहरु पनि यसलाई लिएर चिन्तित र आक्रोशित छन् ।

Leave a Reply