रमित ढुंगानाले अनाथ बालबालिकालाई गरे एक लाख सहयोग

अभिनेता रमित ढुंगानाले मंगलवार काठमाडौंको जोरपाटीमा रहेको एक बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उनले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ लाई एक लाख रुपैयाँ नगद सहयोग गरेका हुन् । उक्त बाल गृहमा २५ जना अनाथ बालबालिकाहरु आश्रित छन् । गएको शुक्रवार उनले ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को तर्फबाट मोरङको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय परिवारलाई खाद्यन्न वितरण गरेका थिए ।

Leave a Reply