‘मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने थाहा पाएँ’: नीता ढुंगाना

कोरोनाका कारण देश आक्रान्त रहेको यो समयमा देशको राजनीतिक दलका नेताहरुको सम्पूर्ण ध्यान कोरोना महामारी नियन्त्रणमा नभएर सत्ता हत्याउने र जोगाउनेमा अल्झिएको छ । अस्पतालमा धेरै
कोरोनाका बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाएका छन् । यसले गर्दा आम जनता चिन्तित छन् र निराशा र आक्रोश पैदा भएको छ । अभिनेत्री नीता ढुंगानाले कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास हुन थालेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्,‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । ’

अभिनेत्री ढुंगानाले हरिहरका पितासँगको एक तस्विर पोस्ट गर्दै आफूले नजिकको अग्रज गुमाएकोमा दुख व्यक्त गर्दै लेखेकी छिन्,‘सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला ।’ अभिनेता तथा ज्योतिष हरिहर अधिकारीका पिता रामबहादुर अधिकारीको सोमवार उपचारको क्रममा निधन भएको हो ।


Leave a Reply