Hollywoodको चलचित्र “THE CONJURING” जस्तै Bollywood चलचित्र “PARI”

चलचित्र : परी
निर्देशक : प्रोसित रोय
कलाकार : अनुष्का शर्मा, परम्ब्रत च्याटर्जि, रजत कपूर
भाषा : हिन्दि
समय : २ घण्टा १६ मिनेट
जेनेरा : सस्पेन्स, थ्रिलर  

१५ बर्ष अगाडी राम गोपाल बर्मा ले भूत नामको चलचित्र नबनाउदा सम्म बलिउडमा सस्पेन्स थ्रिलर को कूनै स्थान थिएन, तर पछिल्लो १५ बर्षमा बलिउड थ्रिलर ले हलिउडलाइ टक्कर दिने स्थितिमा पुगेको छ, त्यसको ज्वलन्त उदहारण हो गत शुक्रबार बाट प्रदर्शन मा आएको चलचित्र परि l अनुष्का शर्माको होम प्रोडक्सनमा बनेको यो तेस्रो चलचित्र हो, उनको आफ्नै लगानी भएकाले पनि परिमा उनले फरक पात्रका लागि उत्कृष्ट दिने हरसम्भव प्रयाश गरेकी छन l परि कूनै ऐतिहासिक घटनामा आधारित कथा होइन यो बलिउडमा अक्शर बनिरहेने थ्रिलर भन्दा केहि फरक छ, त्यसो हुनुमा प्रमुख कारण भनेको यसको फ्रेश अनि मौलिक कहानी हो l एउटा ओझ पूर्ण कहानी परीलाई अत्यन्त साधारण तरिकाले प्रश्तुत गरिएको छ, जसका कारण मनमा थ्रिलरको डर हुदाहुदै पनि दर्शकका आखा रसाउन बाध्य हुन्छ संगै धेरै स्थानमा सुन्दर तरिकाले पश्किएको रोमान्स सिनले मुहारमा अनौठो मुश्कान पैदा गर्छ l

कथा

अर्नब (परम्ब्रत च्याटर्जि) को परिवार बिबाहको कुरो छिनेर जंगलको बाटो घर फर्कदै गर्दा घनघोर पानि पर्छ, अर्नबका बाबुलाइ मुसलधारे बर्षातका बीच गाडी चलाउन मुश्किल परिरहेको हुन्छ, अचानक एउटी आइमाई गाडीमा ठोक्किन पुग्छे l त्यहि आइमाई कि छोरी रुक्शाना(अनुष्का शर्मा), जंगलको बीच झुपडीमा अनेकौ रहश्यमय कठिनाइ बीच बसेकी हुन्छे l रुक्शानालाइ अर्नब ले उद्धार गर्नु पर्ने परिस्थिति आइपर्छ, तर किन ? रुक्शाना को हुन् ? रुक्शाना र अर्नब को बीच के हुन्छ ? परि भनेको को हो ? यहि घटना क्रम नै पारीको मुख्य कथा हो, यो सबै जान्न तपाइले चलचित्र हेर्नु पर्ने हुन्छ l

निर्देशकीय हिसाबले परिमा प्रोषित रोय को मिहिनेत सजिलै देख्न सकिन्छ, संगीत र ध्वनि मन छुने स्तरकै छन, परम्परागत हन्टिंग स्टोरी भन्दा परि फरक छ, दर्शकलाई असहज हुने रक्तपात का दृश्यहरु अत्यन्तै कम छन l सरल अनि मिठा सम्बाद, अति सुन्दर ट्विस्ट अनि कहानीको बहाव सबैले परीलाई निक्कै रोचक बनाएको छ l डर, रोचकता, कौतुहलता अनि मर्मस्पर्शी मिठासको समिश्रण हो परि l अभिनेता परम्ब्रत च्याटर्जि र रजत कपूर को निखारपन अनि अनुश्काको बेजोड प्रश्तुति परिका बलिया पाटा हुन् l

अबश्य पनि कहानीको अन्तिमतिर अनेक असहज प्रश्न दर्शकको मन मा उब्जन्छ, तर अन्य कूनै विधामा परीलाई खोट लाउने ठाउ छैन l

थ्रिलर चलचित्रमा सधैजसो देखिने कुरुप भूत, उसले गर्ने आक्रमण, पूरानो भुत घर, काला जादु अनि तन्त्र मन्त्र भन्दा बिल्कुल फरक भएर पनि दर्शकलाई जुरुक्क जुरुक्क पार्ने ल्याकत राख्ने परि, थ्रिलर प्रेमी दर्शक ले छुटाउन नहुने चलचित्र हो l

सस्पेंश थ्रिलर जेनेरामा यत्तिको परिपक्क र रोचक चलचित्र हेरिसकेपछि लाग्नसक्छ, परि कन्ज्युरिंग भन्दा कम छैन l

हामीले यो चलचित्र लाइ ५ मध्य ३.५ तारा रेटिंग दिएका छौ l

Leave a Reply