‘लप्पन छप्पन २’ प्रदर्शन मिति फेरी पनि पोस्टपोन्ड

मुकुन्द भट्टद्वारा निर्देशित ‘लप्पन छप्पन २’को प्रदर्शन मिति फेरी पनि पोस्टपोन्ड भएको छ । नेपाल सरकारले भेला, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न आग्रह गरेसँगै यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको ‘लप्पन छप्पन २’ योसहित तेस्रो पटक कोेरोनाका कारण रिलिज स्थगित गरिएको छ ।

एक्सन ड्रामा चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् ।

Leave a Reply