‘ए मेरो हजुर ४’को शिर्ष गीत शे–फोक्सुन्डो तालमा

नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो । गीत खिचेर चलचित्रको टिम बुधवार राजधानी फर्किसकेको छ । आउँदो वर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा सलोन बस्नेतको पनि प्रमुख भूमिका छ ।

सञ्जय लामाको छायांकन रहेको फिल्मको कथा स्वं. छेतन गुरुङ र झरना थापाले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । मित्र डि. गुरुङले फिल्मको सम्पादन गर्नेछन् ।

Leave a Reply