भिटेनको स्वरमा ‘छड्के २’ को र्‍याप गीत ‘छड्के खालास् ओए’

आगामी फागुन १९ अर्थात् यही शुक्रबार रिलिज हुने अनमोल केसी स्टारर प्रतिक्षित चलचित्र ‘छड्के २’को पहिलो गीत सार्वजनिक भएको छ । चर्चित र्‍यापर भिटेनको स्वर तथा संगीत रहेको गीत ‘छड्के खालास्’ सार्वजनिक भएको छ ।

यो गीतको शब्द रचना पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरुले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए । अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र पोस्टर सार्वजनिक भएसँगै चर्चाको शिखरमा छ ।

ग्याङस्टर जनरामा निर्माण भएको चलचित्रमा अनमोलको भिन्न लूक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । चलचित्रको चितवन र मुस्ताङमा छायांकन गरिएको छ ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका चलचित्रमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । ‘छड्के २’ रिभेन्ज ग्याङस्टर चलचित्र हो ।

Leave a Reply