‘प्रेम गन्ज’को लागी कलाकार खोजी कार्य सुरु

चलचित्र ‘प्रेम गन्ज’ को लागी कलाकार खोजी कार्य सुरु भएको छ । केही समय अघि घोषणा गरिएको चलचित्रको लागि एक जना मुख्य नायक र दुई जना मुख्य अभिनेत्रीसहित अन्य चरित्र अभिनेता तथा अभिनेत्रीका लागि अडिसन आह्वान गरिएको निर्माण टिमले जानकारी दिएको छ । कान्तिपुर फिल्म एकेडेमी थापागाँउमा यही फागुन २७ गते बिहीवार अडिसन हुनेछ । परिच्छेद सेनको निर्देशन रहने चलचित्रको लागी १४ देखि २० वर्षसम्मका १ जना पुरुष र ३ जना महिला कलाकार १४ देखी २० वर्षका २ जना र १ जना २५ देखी ३० वर्षको महिला कलाकारको आवश्यकता रहेको बताइएको छ । अडिसन नयाँ तथा अनुभवी कलाकारले दिन पाउने छन् । विगत २५ बर्षदेखि नेपाली चलचित्रमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँलले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् ।

Leave a Reply