सोनु सूदले नेपाली युवकको उपचारमा सहयोग गर्दै

कोरोना महामारीको परिस्थितीमा पनि बलिउड अभिनेता सोनु सूद निरन्तर समुदायको सहयोगी बनिरहे र उनको सहयोगी भावनाले उनलाई भारतीय जनताले धन्यवाद र आर्शीवाद दिइरहेका छन् भने सोनु थुप्रैको प्रेरणा पनि बनिरहेका छन् । लकडाउन सकिएर जनजीवन सामान्य अवस्थामा फर्किएपछि पनि सोनुले सामाजिक कामलाई रोकेका भने छैनन् । र अब भने अभिनेता सोनु सुदले एक जना नेपालीको पनि उपचारमा मद्दत गर्ने भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित मधु पौडेललाई सोनुले सघाउने भएका हुन् ।

मधुले फेबुअरी १३ मा ट्विटरमा सोनु र उनको फाउन्डेसनलाई मेन्सन गर्दै लेखेका थिए, ‘हेल्लो सर, म नेपालबाट मधु पौडेल हुँ । १० वर्षदेखि म एंकोलोजिङ स्पोन्डिलाइटिस रोगबाट पीडित छु । यसैका कारण मैले कक्षा १० मै पढाइ छाड्नुपऱ्यो । एम्स अस्पतालका डाक्टरहरुले मलाई अपरेसन गर्न सुझाव दिएका छन् तर मसँग त्यसका लागि पैसा छैन । कृपया मलाई सहयोग गरिदिनुहुन्छ कि । मधुले ट्विटमा यसो लेख्दै एउटा भिडिओ पनि सेयर गरेका छन् जसमा उनी लठ्ठी टेक्दै हिँडिरहेको देखिन्छ। उक्त ट्विटलाई अभिनेता सोनुले मार्च १ मा रिट्विट गर्दै मधुलाई सहयोग गर्ने बताएका हुन्। अभिनेता सोनुले लेखेका छन्, ‘अतिथि देव भवः हिन्दुस्तानबाट तपाईं नेपाल फर्कंदा बिना लठ्ठी दौडेर जानुहुनेछ।’

Leave a Reply