‘छक्का पन्जा ३’ युट्युब ट्रेन्डिङको नम्बर एकमा(भिडियो)

नेपाली चलचित्र ‘छक्का पन्जा ३’ युट्युबको नम्बर एक ट्रेन्डिङमा रहेको छ । हलमा रिलिज भएको २ बर्ष भन्दा बढी समयपछि बुधबार युट्युबमा सार्वजनिक भएको चलचित्र अहिले युट्युबको नम्बर एक ट्रेन्डिङमा पर्न सफल भएको हो । दीपाश्री निरौलाको निर्देशनमा बनेको यस चलचित्रले दर्शकको मन निकै जितेको थियो र ५१ दिन समेत मनाएको थियो । चलचित्रले दर्शकको प्रशंसा पाउनु सँगै कमेन्टमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । कमेडी जनरामा तयार भएको चलचित्रको कथालाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय रहेको छ । युट्युबमा नेपाली चलचित्र फोर के क्वालिटीमा सार्वजनिक भएको यो पहिलो चलचित्र हो । हेर्नुहोस् चलचित्र :-

 

Leave a Reply