ऋचाको ‘कौसीद’को टिजरमा भोलाराज सापकोटा

अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘कौसीद’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा पिँजडामा खरायो बोकेको फरक लुक्समा अभिनेता भोलाराज सापकोटा एकलै देखिएका छन् । चलचित्रको टिजरलाई फ्लिकर्स आर्ट्स युट्युब च्यानल बाट रिलिज गरिएको हो।

निर्देशक कुमार भाष्करको निर्देशन रहेको चलचित्रको निर्माता केदार भुसाल हुन् । चलचित्रमा कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् ।

Leave a Reply