नेपाली चलचित्रको महामारी, जुँगाको लडाइँ

कोरीबाटी आश्विन २४, आजकाल नेपालि चलचित्रलाई माया गरौ, प्रबर्धन गरौ, बिकाश गरौ भन्ने हल्ला यत्र तत्र सर्बत्र चलिरहेको छ, यी नाराहरुको बढी प्रयोग भने चलचित्रकर्मी हरुले नै गर्ने गर्छन । वास्तवमा आज हाम्रो चलचित्र उद्योग पहिलेको भन्दा केहि सुधारुन्मोख भएकै हो तर संग संगै नया चुनौतिहरु पनि थप हुदै गैरहेको छ । नेपालि चलचित्र क्षेत्र अघि नबढ्नुको पहिलो दोष बिदेशी चलचित्र हरुलाई दिइन्छ, यो कुरा केहि हद सम्म साचो पनि हो, तर आजकाल नेपाली चलचित्र बजारलाई बाह्य भन्दा पनि आन्तरिक समस्या ले बढी ग्रसित बनाएको छ ।

केहि समय अघि सम्म नेपाली चलचित्र उद्योग मा बक्स अफिसको चर्चा राम्रै चल्यो बक्स अफिस लागु गर्नुपर्ने वा गर्नुनपर्ने सम्बन्धमा, तर अन्त्यमा सरकारलेनै बक्स अफिस प्रणालीलाई लागु गर्यो यसले कुनै न कुनै रूपमा चलचित्रकर्मी हरुलाई लाभ नै हुने देखिन्छ । आजकाल नेपालि चलचित्र बजारले लगानी, कथा, प्रबिधि, प्रश्तुति र प्रतिफल मा ठुलै फट्को मारेको देख्न सकिन्छ, यसका लागि केहि नया गर्न खोज्ने निर्देशकहरु तथा कलाकारहरु निश्चल बस्नेत, प्रदिप भट्टराई, दिपेन्द्र के खनाल लगायत लाइ धन्यवाद नदिइ बस्न सकिन्न संगै ठुलो लगानी गर्न आट गर्ने निर्माता हरुलाई बिर्सनु हुदैन । यसरी पूरै उद्योगनै बिकाशको दिशा तिर अघि बढी रहेको बेलामा अहिले नेपाली चलचित्र क्षेत्रलाइ अर्को रोगले ग्रसित पारेको छ । यो रोगको नाम हो जुङ्गाको लडाई ।

चलचित्र क्षेत्रको माहामारी,
गएको हप्ता नेपली चलचित्र बजारमा एकै दिन ३ वटा चलचित्रहरु प्रदर्शन मा आए, एक हिसाबले यो कुरा राम्रो पनि हो कि नेपाल मा धेरै चलचित्र हरु बन्न थाले तर यथार्थ फरक थियो वास्तवमा त्यो दिन ३ जना निर्माता हरु करोडौको जुवा खेल्दै थिए, आखिरमा डुबे पनि हो । हाम्रो उद्योगको पछिल्लो महारोग भनेको चलचित्र लाइ जानी जानी एक अर्का संग जुधाउनु हो जसले कुनै एक चलचित्रलाई त फाइदा गर्न सक्ला तर दीर्घकालकालिन हिसाबले यो चलचित्र उद्योगका लागि महामारी नै हो ।

ठुला ब्यानर लाइ जुँगा को लडाई,
व्यवसायिक हिसाबले आजसम्म सबैभन्दा सफल नेपालि चलचित्र “छक्का पन्जा” को तेश्रो संस्करण आजै बाट नेपाली सिनेमा हलहरुमा लागेको छ तर यो चलचित्र पनि महामारी बाट अछुत रहन सकेन । अझ भनौ यो ठुला ब्यानर बिचको जुङ्गाको लडाई बन्न पुग्यो र अर्को ठुलो ब्यानरको सम्भावना बोकेको चलचित्र “जय भोले” अर्को साता बाट नेपाली हलहरुमा लाग्दैछ.. अबश्य पनि यो २ चलचित्र एकै साताको बिचमा जुध्न आउनु दुबैकोलागी प्रतियुत्पादक हुनेछ । एउटा निर्माण पक्षले दशैं अनि अर्कोले तिहार अनि अर्कोले छठ निश्चित मितिलाई आफ्नो निजि मिति बनाउन खोजेका छन्, तर यसमा सबै भन्दा मुर्खता पूर्ण कदम भनेको एउटा चलचित्र ले आफ्नो प्रदर्शन मिति सार्बजनिक गरिसकेपछि अर्को चलचित्र जानी जानी जुध्न आउनु हो, यस्ता निर्माता अनि निर्देशक हरु यो महामारीका सबैभन्दा ठुला भाइरस हुन् ।
आश लागेका चलचित्र बढी प्रभावित,
पछिल्लो समय नेपाली चलचित्र क्षेत्र मा केहि आशलाग्दा चलचित्र हरु आए जसले पारम्पारिक धारमा नै हराएको नेपाली चलचित्र क्षेत्रलाइ नया आशाको दियो बाल्नमा सहयोग गर्यो, त्यस पछि नेपालि चलचित्र क्षेत्र ले छलाङ्गनै मार्यो र फरक धारको चलचित्रहरु धमाधम बन्न थाल्यो र त्यसलाई दर्शकले पनि रुचाए यही फरक धारबाट आज नेपाली चलचित्र क्षेत्रमा सौगात मल्ल, दयाहांग राइ, खगेन्द्र लामिछाने, बिपिन कार्की, रबिन्द्र सिंह बानिया, रबिन्द्र झा जस्ता कलाकारले आफुलाई दह्रो संग स्थापित गर्न सफल भएका छन् तर यी फरक धारका आशलाग्दा चलचित्र अनि चलचित्रकर्मीहरुपनि त्यहि महामारीबाट पिडित छन्, त्यसको ज्वलन्त उदाहारण चकलेटी स्टार अनमोल केसी को नया चलचित्र क्याप्टेन, फरक धारको सफल चलचित्र “जात्रा” को सिक्वेल “जात्रै-जात्रा” संग जुध्न आउनु हो । निर्देशक पर्दिप भट्टराईले करिब १ बर्ष अगाडिनै (२०७४ चैत्र ) मा २०७५ फाल्गुन १७ लाइ आफ्नो प्रदर्शन मिति घोषणा गरेको “जात्रै-जात्रा” संग करीब ६ महिना पछि आएर केहि दिन अगाडी मात्र भुवन केसी ले आफ्नो स्टार छोराको चलचित्र क्याप्टेन सोहि मितिमा जुदाउने घोषणा गरे । यसबाट के बुझ्न सकिन्छ भने चलचित्र निर्माणकर्ताहरु जानी-जानी आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छन् ,जसको प्रतिकुल अशर समंग्र चलचित्र उद्योग पर्ने निश्चित छ । बर्ष मा ३६५ दिननै चलचित्र प्रदर्शनमा पक्कै पनि आउदैनन त्यसैले बिशेस त ठुला ब्यानर ले आफुलाई जानी-जानी अर्को चलचित्र संग नाजुधाउनु नै बुद्धिमता पूर्ण कदम हुनेछ ।
चलचित्र निर्माण पक्ष बेलैमा सचेत भइ यो महामारी अनि जुङ्गाको लडाई अन्त्य नगर्ने हो भने एकदिन नेपली चलचित्र क्षेत्रमा राम्रा निर्माणकर्ता सडक मा आउने स्थिति पक्कै पनि आइपुग्छ , अनि नेपाली चलचित्रमा नया प्रयोग गर्ने हरु निरुत्साहित हुनेछन फलस्वरूप हाम्रो चलचित्र उद्योग धरासायी बन्ने निश्चित प्राय छ ।
त्यसैले आशा छ यो जुङ्गाको लडाई अन्त्य हुनेछ अनि नेपालि चलचित्र क्षेत्र आन्तरिक समस्या बाट समाधानको बाटो खोज्दै बिकाशको नया पाठ तर्फ अघि बढ्ने छ ।

Leave a Reply