… क्या से क्या हो गए, देखते देखते । अर्थात् तृप्ति डिमरी

फिल्मले कुन कलाकारलाई कहाँबाट कहाँ पुर्याउँछ भन्न गाह्रो छ । समयक्रम अनुसार कुनै कलाकारले नाम र दाम कमाए, कतिले बदनामी कमाए पनि होलान् तर कलाकारको उडान वास्तवमै रोचक हुन्छ । यसलाई फिल्मले धेरै हदसम्म निर्धारण गर्छ । जस्तै : नेपाली फिल्म क्षेत्रलाई नै हेर्ने हो भने सुनिल थापाको प्रसंग यहाँ उल्लेख गर्नु उपयुक्त हुन जान्छ ।

कलाकार सुनिल थापा अक्सर खलनायकका भुमिकामा देखिने गर्थे । त्यहि क्रममा उनले एक फिल्ममा अभियन गरे, खलनायककै रूपमा । सो फिल्ममा उनको चरित्रको नाम थियो राते काइला । त्यो खलनायकलाई यति वास्तविक मानियो कि कुनै अरू फिल्मको सुटिङमा कतै पुग्दा सुनिल थापालाई राते काइला आयो भन्दै भाग्नेहरू पनि हुन्थे रे ।

आजभोलि राइते काइलालाई वास्तविक मान्ने जस्तो दर्शकको सोचाइ त छैन तर पनि फिल्ममा देखिएको चरित्र र गरिने अभिनयले कलाकारलाई आकाशमा पुर्याउने वा एकै पटकमा लाखौँ करोडौँको मनमुटु छुने अवस्था भने हुन सक्छ ।

प्रसंग हो, एनमिल फिल्ममा देखिएकी तृप्ति डिमरीको । तृप्ति डिमरीको अभिनय, चरित्र र रूपले अहिले सामाजिक सञ्जालमा राम्रै तरंग आएको छ । यसअघि केही फिल्ममा अभिनय गरेकी भए पनि ‘एनिमल’ फिल्म पछि भने दर्शकहरुले उनलाई अझै नजिकबाट चिनेका छन् । यति सम्म कि गुगलमा पनि उनको खोजी गर्ने क्रम बढेको छ । फिल्ममा तृप्ति डिमरीको मुख्य भुमिका पनि छैन तर पनि उनको चर्चा र खोजी अकासिनुको मुख्य कारण हो, एनिमल फिल्ममा उनको बोल्ड स्वरूप ।

यो फिल्ममा उनको छोटो तर बोल्ड दृष्यहरू छायांकन गरिएको छ । रणविर कपुरसँगको न्यूड दृष्यले उनको सुन्दरतामा मुग्ध भएका दर्शकहरूको मनमा चसक्क समेत हुन्छ । त्यस्तै, तृप्ति र रणविर बीचको चुम्बनको दृश्यले पनि हलमा राम्रै हुटिङ पाइरहेको छ । फिल्ममा उनले दिएको यस्तै बोल्ड दृश्यका कारण उनको चर्चा बढेको हो । ति बोल्ड दृष्यहरुमा उनको कामुकता निकै पोखिएको छ । यस अघि उनले फिल्म पोष्टर बोइजबाट बलिउडमा करिअर सुरुवात गरेकी हुन् । त्यसपछि, उनले लैला मज्नु, बुलबुल र क्वालाबाट चर्चा कमाइन् तर पनि उनी आम दर्शकको नजरमा भने बल्ल परेकी छिन् ।

यसैले दर्शकहरु भन्न थालेका छन्, “… क्या से क्या हो गए, देखते देखते । अर्थात् तृप्ति डिमरी”

Leave a Reply