सौगात र दीयाको ‘मन्त्र’ आजबाट प्रदर्शन

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘मन्त्र’ आजबाट प्रदर्शनमा आएको छ । बुधवार साँझ राजधानीमा भएको प्रिमियरमा चलचित्रले मिश्रित प्रतिक्रिया बटुलेको थियो।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन्। चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ। चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ। चलचित्र गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको हो । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ।

Leave a Reply