टिकटक हुँदै म्युजिक भिडियोमा जम्दै गीता ढुंगाना(फोटो फिचर)

छोटो भिडियो बनाएर सजिलैसँग आफ्नो प्रतिभा देखाउने माध्यम हो , टिकटक। गीतमा ‘लिप सिंक’ गर्दा रमाउनेहरु हुन् वा अभिनय गरेर छोटो भिडियो अपलोड गर्नेहरु हुन्, टिकटकका माध्यमबाट सेलेब्रिटीको पहिचान बनाएकाहरु बढेका बढ्यै छन् । टिकटकको अभिनय तथा चर्चाबाट धेरैले म्यूजिक भिडियोमा मौका पाइरहेका छन्। त्यस्तै टिकटकबाट नै चर्चामा आएकी हुन् , गीता ढुंगाना । म्यूजिक भिडियोमा पछिल्लो समय टिकटक प्रयोगकर्ताको प्रवेश बढ्दै गएको छ । टिकटक हुँदै म्यूजिक भिडियोमा छोटो समयमा पनि चर्चामा आउन सफल भएका उदाहरण छन् । त्यहीँ म्यूजिक भिडियो क्षेत्रमा जम्दै गएकी छिन् गीता ढुंगाना।

सुदूरपश्चिमतिरका गीत, देउडामा उनी हाउभाउ गर्न माहिर छिन् । सुदूरपश्चिमको भिडियो बनाउने विशेषताले पनि उनलाई मन पराउने बढी छन् । टिकटक हुँदै म्युजिक भिडियोमा मोडलिंग गरिरहेकी गीताले अभिनय गरेको गीत ‘ओए काजल’ गीत हिट छ र उनले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । यो समाचार तयार गर्दासम्म टिकटकमा गीताले तीन सय बढि भिडियो राखेकी छन् भने चार लाख बढि फलोअर्स छन् । गीता ढुंगानाको जति राम्रो अभिनय छ उति नै मिठो स्वर पनि छ । उनको पछिल्लो समय चक्र बम,सागर लम्साल र रोशनी कार्कीसंग फिचर्ड रहेको नयाँ म्यूजिक भिडियो रिलिजको पर्खाइमा छ । तस्बिरमा हेर्नुस् टिकटक हुँदै म्युजिक भिडियोमा जम्दै गरेकी गीता ढुंगानाको सुन्दरता!!!!





Leave a Reply