NAAKAA || Nepali Full Movie || Review || Flim Facts || Episode 6

चलचित्र : नाका
निर्देशक : अमित श्रेष्ठ
कलाकार हरु : बिपिन कार्की, रबिन तामांग, शिव मुखिया, थिन्ले ल्हामु, प्रकाश गन्धर्व  

चलचित्र नाका प्रदर्शन हुनु अगाबै मिडियामा चर्चामै रहेको चलचित्र हो, सधै भिन्न पात्र र गेटअपमा देखिने नायक बिपिन कार्की चलचित्र नाकामा पनि रोचक रूपमा देखिएका छन, अझै चलचित्रमा चर्चित गायक द्वय रबिन तामांग र शिव मुखियाको उपस्थिति ले पनि चलचित्रको ट्रेलर हेरेर दर्शक चलचित्र प्रदर्शन मिति कुर्न बाध्य थिए l पछिल्लो समय नायक बिपिन कार्कीको क्रेज र डिमाण्ड उत्तिकै बढ्दो छ l त्यसैलेपनि चलचित्र नाका बाट दर्शकको आशा हुनु स्वाभाविक हो l

नाटकघर बाट खारिएका बिपिनको अभिनय प्रत्येक चलचित्रमा रोचक अनि चाखलाग्दो नै हुन्छन, त्यसैले पनि लगानीकर्ताले बिपिन खेलेको चलचित्रमा लगानी गर्न सहजै स्वीकारछन तर बिपिन ले अभिनय गरेको पछिल्ला केहि चलचित्र हरुले ब्यबसायिक सफलता भने पाउन सकेका छैनन् l यसका केहि कारणहरु छन, आजकाल नेपालि दर्शकहरुको ठुलो हिस्सा आर्ट चलचित्र भन्दा पनि मसाला अनि कमेडी जेनेराको चलचित्र मनपराउछन, त्यस्तै चलचित्रले ब्यबसायिक सफलता पनि हात पार्छ अनि आर्टिस्टिक चलचित्र तुलनात्मक रुपमा अन्य विधा भन्दा बलियो र राम्रा भएपनि ब्यबसायिक रुप मा भने असफल बन्न पुग्छ l चलचित्र नाका पनि त्यसकै एउटा उदाहारण हो l

प्रदर्शन अगाडी अनुमान लगाए जस्तै चलचित्र नाका सिन्धुपाल्चोक को तातोपानी नाका वरपर हुने गरेको गैरकानुनी गतिबिधि संग सम्बन्धित चलचित्र हो l गोल्डी दादा अर्थात बिपिन कार्की जो बार्हबिशे र तातोपानी नाका वरपरको आभारा हुन्छ, उसलाई एकदिन नाका पारि तिब्बत बाट २ जना मान्छे लाइ बार्हबिशे सम्म ल्याउने काम लाटो अर्थात रबिन तामांग ले दिन्छन l लाटो स्थानिय तस्कर हुन्छन l रू ५ लाख पाउने शर्तमा गोल्डी दादा र उसको सहयोगी हनुमान अर्थात प्रकाश गन्धर्व नाका पारि जान्छन र जसो तसो ति २ तिब्बती शिव मुखिया र थिन्ले ल्हामु लाइ बार्हबिशे सम्म ल्याउछ्न l यही नै नाका को मुख्य घटनाक्रम हो l

चलचित्र नाका ले दर्शक लाइ कथा क हो भनेर कौतुहलतामा राख्न सफल हुन्छ, कथा को मुख्य जरो थाहा पाउने आशामा दर्शक चलचित्र नसक्किउञ्जेल हलमा टिक्न बाध्य हुन्छन तर कथा नै नभनि चलचित्र सक्किन्छ l एउटा कुरा क पक्का छ भने यो चलचित्र ब्यबसायिक रूपमा सफल हुदैन र जति दर्शक हलमा हेर्न जान्छन ति सबै निर्माण पक्षलाइ गालि गरेरै फर्कन्छन l चलचित्रमा मन बुझाउने एउटै मात्र पक्ष भनेको विपिनको बेला बेलाको कमेडी हो l यदी बिपिन यो चलचित्रमा हुदैन थिए भने चलचित्र बालुवामा पानि खनाए सरि हुनेथ्यो l कथानै नभएको नाकालाइ बिपिनले जसो तसो थेग्ने कोशिस गरेका छन, तर नाट्य कलाका पारखीलाई चलचित्रको पटकथा अभिनय, छायंकन अनि सम्बाद मन पर्न सक्छ l

गायक रबिन तामांग र युनिक पोएट ले गाएको टाइटल गित चलचित्र पर्दशन अगाबै दर्शकले मन पराइसकेका छन, चलचित्रमा अरु त्यस्ता केहि कुरा पनि छैनन् जसले दर्शक लाइ सन्तुष्टि दियोस l चलचित्र मा प्रहरीको भूमिका अनि सहजै मानिसको ज्यान लियिएको घटना अपाच्य छन l विपिनको द्वन्द लाइ केहीछिन दर्शक ले कमेडी खुराक ठानेपनी, बार बार को एउटै हर्कतले ले दर्शक लाइ दिक्क लाग्छ l पहिलो पटक अभिनयमा छिरेका शिव मुखिया को भूमिका अतिथि कलाकार को जस्तै मात्र छ l तुलनात्मक रूपमा थिन्ले ल्हामु को पात्र अनुशारको अभिनय राम्रो छ l अन्य सबै कलाकार हरु औसत मै छन l

समग्रमा चलचित्र नाका एउटा कथा बिहिन फिचर फिल्म हो । अमित श्रेष्ठ ले यो चलचित्र पक्कै पनि ब्यबसायिक सफलताका लागि बनाएका होइनन, यो चलचित्र उनका निम्ति एउटा राम्रो दस्ताबेज मात्र बन्न सक्छ l त्यस्तै बिपिनको अभिनयमा कूनै खोट नभएपनि उनले चलचित्रहरु फिल्टर गरेर मात्र खेल्दा उनको करियर सधै बलियो बन्न सक्छ, होइन भने उनि सधै असफल चलचित्रका स्टार मात्र हुनेछन l

चलचित्र नाकामा सिक्ने कुरा केहि भए पनि बिक्ने कुरा केहि छैन l यद्यपि नाकालाई सफलताको सुभकामना l

हामीले यो चलचित्रलाई ५ मध्य १.५ तारा रेटिंग दिएका छौ l

Leave a Reply