“शेरबहादुर” हलिउड चलचित्रको नेपाली हल प्रिन्ट जस्तै !

चलचित्र : शेरबहादुर
निर्देशक : आर . राजबंशी
कलाकारहरु : सुनिल थापा, कर्मा, मेनुका प्रधान, रबिन्द्र झा
जेनेरा : सस्पेन्स थ्रिलर
रिलिज मिति : १९ माघ २०७४

चलचित्र शेर बहादुर निर्देशक आर राजबंशीले निर्देशन गरेको चलचित्र हो, आर राजबंशी नेपाली सिनेमा का लागि आजकाल नसुनिएकै नाम हो, तर उनले धेरै पहिले नेपालि टेलीचलचित्र हरु निर्माण गरेको बुझिएको छ l नेपाली चलचित्र का दर्शक लाइ नियमित स्वाद भन्दा फरक दिन खोज्ने निर्देशक तथा निर्माताहरु चलचित्र उद्दोग मै निकै कम छन् र त्यही कम को सुचिमा पर्न प्रयाश गरेका छन् चलचित्र शेरबहादुर का  निर्माण पक्ष ले  l नेपाली सिनेमाको इतिहासमा सस्पेन्स र थ्रिलर जेनेराको चलचित्र नबनेका होइनन, तर चलचित्रमा देखिने प्राबिधिक कमजोरी अनि प्रश्तुतिमा हुने खल्लो पाना ले गर्दा समग्रमा नेपाली दर्शकले निर्माताको लगानी उठाउन खासै सहयोग नगरेकै देखिन्छ, यो सबै कुरा थाहा हुदैगर्दा पनि शेरबहादुर निर्माण गर्ने टिमलाई हामीले धन्यबाद दिनै पर्छ, कम्तिमा हलिउड चलचित्र को कथा सापटी लिएरै भएपनि नेपाली सिनेमा को सस्पेन्स थ्रिलर जेनेरालाइ मर्न दिइएको छैन l चलचित्र लाइ रिमेक गर्नु राम्रो कुरा हो तर रिमेकका नाममा ओरिजिनल भन्दा बिगारेर प्रश्तुत गर्नु चाही लज्जास्पद नै हो l चलचित्र शेरबहादुर अंग्रेजी चलचित्र “Dont Breath” को नेपाली रिमेक हो l चलचित्र लाइ नेपालीपनमा ढाल्न खोजिएको त छ तर अरुको कथालाई आफ्नोपन दिन त्यति सजिलो कहाँ छ र ? तेसैले त चलचित्रमा धेरै कमजोर पाटा हरु छन जसलाई शेरबहादुर हेर्ने क्रममा दर्शकले सहजै छुट्टयाउन सक्छन l

यदी तपाईले यस अघि नै हलिउड निर्देशक “फेडे अल्वारेज़” को चलचित्र  “Don’t Breathe” हेरिसक्नु भएको छ भने चलचित्र शेरबहादुर तपाइलाई अबश्य फिक्का लाग्ने छ l कथा मात्रै नभएर अधिकांश सम्बाद समेत हुबहु उल्था गरि प्रयोग गरिएको छ l मुख्य कथाको छायांकन स्थल समेत हुबहु सेट बनाउने कोशिश गरिएको छ l तर तपाइहरुले  हलिउड चलचित्र  “Don’t Breathe” हेर्नु भएको छैन भने चाही चलचित्र शेर बहादुर को कथा नया अनि रोचक लाग्न सक्छ l

चलचित्र शेरबहादुर ३ जना चोर हरुको कथा हो l चोरी गर्ने क्रममा एक दिन उनीहरु भूपु सैनिक शेरबहादुर (सुनिल थापा)  को घर पुग्छन, यहि घरमा घट्ने अनेक घटनामै शेरबहादुर को कहानी सिमित छ l कुमार (कर्मा) धरान को एक गाडी मेकानिक, उसको साथि बिहारी (रबिन्द्र झा) भारतीय नम्बर प्लेट  को गाडी तस्करी गर्ने भारतीय नागरिक अनि यी दुबैको प्रिय  माया( मेनुका प्रधान) जो स्थानीय डान्स बार मा नाच्ने काम गर्छे, यिनै तिन जाना मिलेर चोरी गर्ने काम गर्छन l आफ्नै ग्यारेज खोल्ने कुमारको सपना, डान्स बार छोडी आफ्नी हराएकी दिदीकी छोरीलाई लिएर काठमाडौँ  बसाई सर्ने मायाको सपना अनि मोटो रकम हात लगाएर भारत फर्कने बिहारीको सपना, आ आफ्ना सपना पूरा गर्न यी ३ चोरले, धेरै नगद घरमै राखेको घरको खोजि गरिरहेका हुन्छन यसै बीच उनीहरुले त्यस्तो एउटा घर भएको थाहा पाउछन जो भूपू सैनिक शेरबहादुरको घर हुन्छ l एकै पटकमा मोटो नगद हात लाग्ने आशामा चोरहरु शेरबहादुरको घरमा चोरी गर्न पुग्छन l तर जब कुमार, माया अनि बिहारी शेर बहादुरको घरमा प्रवेश गर्छन कथाले नया मोड लिन्छ l हराएकी मायाकी दिदीलाई शेरबहादुर ले बन्दि बनाएर राखेको हुन्छ l  मध्यान्तर पछि कथा झन रोचक बन्दै जान्छ l यसबीच कथामा थुप्रै उतार चडाब आउछन l आखिर शेरबहादुरको घरमा के हुन्छ भन्ने कुरा जान्न भने दर्शक हरुले चलचित्र नै हेर्नु पर्ने हुन्छ l

कलाकार सुनिल थापाको अभिनय अत्यन्तै निपूर्ण छ, त्यस्तै रबिन्द्र झा ले आफ्नो पात्रलाई भरपुर न्याय गरेका छन जसले दर्शकलाई पनि रोचकता महसुस गराई रहन्छ, भलै यो चलचित्र सस्पेन्स थ्रिलर भएतापनि चलचित्रका धेरै ठाउमा दर्शकले हास्न पनि पाउछन l कर्मा र मेनुकाको अभिनय औशतमा छ l निर्माण का हिसाबले पनि चलचित्रमा थुप्रै कमि कमजोरी हरु छन, चलचित्र सेट बनाएर खिचेको कुरा सम्पादकले लुकाउन सकेका छैनन्, केहि दृश्य हरुलाइ  ओरिजिनल चलचित्रको भन्दा निकै खल्लो बनाइ प्रश्तुत गरिएको छ, जुन कुरा दर्शकलाई अबश्य मन पर्ने छैन l चलचित्र  “Don’t Breathe” मा अमेरिकाको कुनै एक मानब बिहिन बस्तीमा प्राकृतिक तरिकाले देखाइएको दृश्यलाई धरान जस्तो सहरमा दिउसै घरै घरको बीच बाट मान्छेलाई घिसार्दै लैजादा कसैले नदेख्ने दृश्य बनाइएको छ, यो दृश्य सबैका लागि अपाच्य नै छ, अनि डिजिटल ताला चाबीको बिषयमा कूनै अध्धयन नै नगरी त्यस सम्बन्धि दृश्य राखिएको कुरा सबैले बुझ्न सक्छन l यद्दपी चलचित्र हेरुञ्जेल दर्शकलाई उठ्न मन लाग्दैन, चलचित्र मा समाबेश गीतले दर्शकलाइ पक्का मनोरन्जन दिनेमा कूनै शंका छैन l

केहि प्राबिधिक कमजोरीहरु अनि केहि प्रश्तुतीमा देखिएका अपर्याप्तताका बीचबाट पनि चलचित्र शेरबहादुरले दर्शकलाई हल भित्र टिकाई राख्ने क्षमता भने राख्दछ l अब के हुन्छ भन्ने कौतुहलता चलचित्रको अन्त्य सम्म दर्शकको मन मा रहिरहन्छ l हलिउडको कथा भएर होला  समग्रमा चलचित्र को कथा राम्रो छ, नौलो अनि चाखलाग्दो नै छ, तर प्रश्तुति मा अझै निखारताको आबश्यकता झल्किएको छ l निर्माण पक्षले दावा गरेझै चलचित्र शेरबहादुर हलिउड जत्तिकै नभएपनि  हलिउड को भान गराउने भने पक्कै बनेकोछ l सस्पेन्स थ्रिलेर सिनेमाका फ्यान ले चलचित्र शेरबहादुर हेर्न नछुटाएकै राम्रो हुन्छ l लगानी का हिसाब ले अत्यन्त सस्तो लाग्ने शेरबहादुर ले लगानी सुरक्षित गर्ने सम्भावना कमै देखिन्छ l

“एविल डेड” जस्ता बिस्व प्रशिद्द थ्रिलर चलचित्र बनिसकेका निर्देशक “फेडे अल्वारेज़” को मझबुत कथाको खल्लो प्रश्तुति भएकाले पनि, चलचित्र शेरबहादुर लाइ हलिउड चलचित्रको नेपाली हल प्रिन्ट मात्र हो भन्दा फरक पर्दैन l यद्दपी हलिउडको काहानी सापटी लिएर भएपनि नेपाली सिनेमाको एउटा धार लाई जोगाएको चलचित्र शेरबाहादुर ले केहि फरक भने पक्कै दिन खोजेको छ l यसै कारणले पनि सस्पेन्स थ्रिलर जेनेराको नेपाली सिनेमा इतिहासकालागी चलचित्र शेरबाहादुर एउटा दस्ताबेज पनि  बन्न सक्छ l तर यो निर्णय गर्ने अधिकार भने सबै दर्शक  हरुकै कै हातमा छ l

मैले चलचित्र “पद्मावत” लाइ ५ तारा मध्य २ तारा रेटिंग दिएको छु l
समिक्षक : आर.पी . भट्टराई

Leave a Reply