संगीतको सरगम प्रेमको दर्पण ‘क्लासिक’

शुटिंग हुनु भन्दा निकै अगाडी देखि चर्चा कमाएको चलचित्र ‘क्लासिक’ शुक्रबारबाट नेपाली हलहरुमा लागेको छ । नेपाली चलचित्र जगतको एक उदाहरणीय चलचित्र बनेको छ ‘क्लासिक’ । दिनेश राउतको निर्देशनमा बनेको यस चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचित्रका लागी आर्यन र नम्रताले शारीरिक देखि लिएर मानिसिक तवरले निकै मेहनत गरेका हुन् ।

चलचित्रमा आर्यन र नम्रताको प्रस्तुती जोडदार छ । अहिले सम्मकै आर्यन र नाम्रताले आफ्नो बेस्ट अभिनय दिएको यस चलचित्रमा सबै कलाकारले आफ्नो प्रस्तुती दमदार दिएका छन् । चलचित्रले दृष्टी बिहिन जोडीको प्रेम कथालाई समेटेको छ । प्रेममा पिडा मात्र हैन, यसमा रमाउनु पनि पर्छ र यसलाई पूर्ण गर्न सक्दो कोसिस गर्नु पर्छ भन्ने संदेश पनि चलचित्र दिएको छ । आफुले प्रेम गरेको मान्छेको खुसीका लागी गरिएको ठुलो त्यागलाई चलचित्रमा बेजोड तरिकाले प्रस्तुत गरिएको छ । समय (आर्यन) र दृष्टी (नम्रता)को बचपन देखिको संगीत प्रतीको मोह र संगीतमा केहि बन्ने सोचमा अगाडी बढेका यी दुई पात्रको भेट पीडाले रुमलिएका समय एक दृष्टीबिहिन आश्रममा गएपछि हुन्छ ।    

थुप्रा सिनमा दर्शकले आँखा भिजाएको पनि पाइएको छ । चलचित्रलाई निकै मेहनत गरेर तयार पारेको सबै दर्शकको बुझाइ छ र यस्ता चलचित्रले बलिउड हलिउडलाई पनि टक्कर दिन सक्ने दर्शकको भनाई छ । चलचित्र हेर्दै जाँदा कतै कतै भने गीतलाई रिपिट गरिरहँदा त्यस समय चाही दर्शकले आँखा हटाएको बुझियो भने कथा भित्रको कथा अलिकति नखुलेको पनि बुझिएको छ ।

गीत संगीतले चलचित्रलाई निकै माथि उठाएको छ । ताराप्रकाश लिम्बुको संगीत रहेको यस चलचित्रमा समावेश सम्पूर्ण गीत उत्कृष्ट छन् । गीतका शब्दका केस्रा केस्रालाई मुल्यांकन गर्ने हो भने त्यस भित्र निकै अर्थ लुकेका छन् । गीत संगीतको प्रभावले चलचित्रको नाम ‘क्लासिक’ सार्थक बनाएको छ ।   

चलचित्रको अन्त्य निकैनै गहकिलो छ । सबैले चलचित्रको क्लाइमेक्सलाई अत्याधिक मन पराएको बुझिएको छ । ब्यापारको हिसाबले पनि चलचित्रले राम्रो गरिरहेको जानकारी छ ।

Leave a Reply