‘मिस तामांङ-२०१६’का लागी आवेदन खुल्ला

मिस तामांङ नवौं संस्करण ‘मिस तामांङ-२०१६’ का लागी आवेदन फाराम खुल्ला गरिएको छ । नेपालको इतिहाँसमै उत्कृष्ट व्यबस्थापन तथा उच्च सम्मानका साथै अत्याधिक पुरस्कारको साथमा आयोजना हुँदै आएको मिस तामांङका लागी आवेदन फारम योग्य हुनेहरुले भर्न सक्छन । नेपाल तामांङ कला संस्कृति केन्द्रले आयोजना गर्ने उक्त प्रतियोगिताका लागी प्रतियोगीहरुले गर्नुपर्ने कुराहरु तल उल्लेख गरिएको छ ।
तामांङ जातीको भाषा, भेष भुषा, कला संस्कृती लगायतलाई अन्य जाती समक्ष तथा आफ्नै जातीमा सामाजिकीकरण गर्ने हेतुले आयोजना गरिने यस प्रतियोगिताका लागी आवेदन फाराम साधना कला केन्द्र, कमलादीमा पाइन्छ । इच्छुक तथा माथिका मापदण्ड भित्र पर्ने योग्य तामांङ जातीका युवतीहरुले साधना कला केन्द्र, कमलादीमा सम्पर्क गरी आवेदन फाराम भर्न सक्छन ।
यस वर्षको प्रतियोगिता गत वर्षको भन्दा उत्कृष्ट हुने र पुर्व मिस तामांङहरुको प्रत्यक्ष निगरानीमा गरिने जानकारी छ । प्रतियोगितामा प्रतिष्पर्धीहरुलाई विभिन्न प्रशिक्षण दिइने जानकारी छ र प्रतिश्पर्दाको अन्तिम प्रतियोगिता माघ २७ गते काठमाडौँमा गरिने जानकारी छ ।

Leave a Reply