स्पेस फोर के टेलिभिजनद्वारा एकसाथ तीन वटा रियालिटी शो घोषणा

स्पेस फोर के टेलिभिजनले तीन वटा रियालिटी शो घोषणा गरेको छ। टेलिभिजनले बालबालिकाको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाको लागि गायनमा र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो।

काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै टेलिभिजनले एकैसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिमसमेत सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए।

याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, सन्दिप बिस्ट अर्थात् मिस्टर डी र अभिजित भण्डारी एजे रहेका छन्। त्यसैगरी, जस्ट डान्स लिटिल मास्टर्समा नायिका सञ्चिता लुईटेल, कोरियोग्राफर प्रदीप लामा, वलिउडमा काम गरेर चर्चा कमाएका हिपहप डान्सर प्रकाश बिके रहेका छन भने फस्ट डेटका क्रियटर तथा प्रोजेक्ट हेड चर्चित नायक तथा प्रस्तोता रेमन्ड दास श्रेष्ठ, क्रियटिभ हेड सन्जीप रत्न शाक्य र निर्देशक नेपालकै कान्छा रियालिटी शो निर्देशक आश्वीन न्यौपाने रहेका छन्।

Leave a Reply