नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् । अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । भिलेनको भूमिकामा सर्वाधिक रुचाएका उनले नीतासँग भोजपुरी चलचित्र ‘माही’मा एकसाथ काम गरेका थिए ।

चलचित्रको मुख्य भूमिकामा रियल लाइफमा पनि प्रेममा रहेका स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ । चलचित्रलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्दैछन्।

Leave a Reply