धरानको लुकुवामा गुन्जिए राजेश पायल राई

चर्चित गायक राजेश पायल राईले धरानका दर्शक नचाएका छन् । नयाँ वर्षको अवसर पारेर बिहिबार धरानको बगरकोट नजिकै हेकोलुकुवा फेमिली रिसोर्टमा आयोजित कार्यक्रममा ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यो’ बोल गीत गाउँदै स्टेज प्रवेश गरेका उनले करिब दुई घन्टा आफ्नो गीतसंगीतबाट दर्शक झुमाएका थिए ।

बेलुका ९ बजे स्टेज चढेका राईले दर्शन नमस्ते, नाइँ नभन्नु ल, मलाई पनि अंग्रेजीमा, टलटल, सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरुक्कै भए म लगायतका आफ्ना दर्जन बढी गीत रखेका थिए । उनले पस्किएको धेरै गीतमा दर्शकले वान्स मोरको हुर्टिङ समेत गरेका थिए । उनले लगातार आफ्ना पुराना र नयाँ हिट गीतहरु पस्केका थिए।

Leave a Reply