अनमोल को कृ : हात्ती आयो हात्ती आयो फुस्सा ( भिडियो )

फिल्म– कृ
निर्देशक– सुरेन्द्र पौडेल
कलाकारहरु – अनमोल केसीअदीति बुढाथोकीसरोज खनालअनुपबिक्रम शाहीकामेश्वर चौरशियासुदाम सिके 

लामाे समयकाे चर्चा परिचर्चा पछि नायक अनमोल केसी अभिनित चलचित्र कृ गत शुक्रबार बाट प्रदर्शन मा आएको छ । निकै कम चलचित्र खेल्ने सार्बजनिक कार्यक्रममा कम देखिने र आफूलाई मिडिया ले लगाइदिएको मेगास्टार को साख जोगाउन प्राय भूमिगत नै रहने अनमोलको कृ २ बर्ष पछिको कम्ब्याक चलचित्र हो त्यसैले पनि कृ प्रति आम दर्शकको उच्च अपेक्षा हुनु स्वाभाविक हो ।

कूनै बेला सम्पादनको काम गर्ने सुरेन्द्र पौडेल ले निर्देशन गरेको यो दोस्रो चलचित्र होसम्पादनको राम्रै अनुभव भएतापनि कृ लाइ भने पौडेल ले सम्पादन मात्र होइन धेरै अन्य विधामा पनि खल्लो अनि फिक्का परेका छन । कृ हेरे पछि लाग्छ उनले अनमोल मा मात्रै भर परेर चलचित्र बनाए जसले गर्दा अनमोल कै करिअर माथि प्रश्न उठ्न सक्छ । बासि कथालाई जबजस्ती नया बनाएर पेश गर्न खोजिएकाले पनि चलचित्र भद्दा बनेको छ । तर अनमोलको अवतार अनि द्वन्द भने दर्शक लै नौलो अनि रोचक लाग्न सक्छ ।

यस अघि धेरै हिन्दि अनि नेपाली चलचित्रमा पटक पटक हेरिसकेको बदलाको कहानी हो कृ । बि्रटिश लाहुरेकाजी अभय (अनमोल केसीछुट्टीमा घर फर्केको हुन्छउनकी हजुरआमा भने नाति कहिले आउला र बिहेको कुरा चालु भनेरै बसेके हुन्छिन र धेरै केटिहरुलाई नातिको सक्षात्कार गराउछिन तर लाउरे को मनमा भने उसको बालसखा केशर (अदिति बुढाथोकीबसेकी हुन्छे । उता केसर पनि आफ्नो बालापनको प्रेम काजी को प्रतिक्षामा बसिरहेकि हुन्छे । त्यसैले केसरको खोजीमा लाहुरे उसको पुर्ख्यौली गाउ भिरकोट तिर निस्कन्छ । संयोगले उसले गाउ पस्ने बित्तिकै केसरलाइ भेट्छ तर दुबैले एक अर्कालाई चिन्दैनन् । फेरी अर्को संयोगले लाहुरे काजीको भेट केसरको बाबु भुतपुर्ब लाहुरे(सरोज खनालसंग हुन्छ । र बास बस्न लाहुरे केसर कै घर पुग्छकेसरको घर पुगेपछि लाहुरेले आफ्नो बालापनको प्रेमिका केसर नै हो भन्ने थाहा पाउछर आफ्नो परिचय केसर लाइ दिलाउने सहि समयको पर्खाइ मा बस्छएकदिन लाहुरेले आफ्नो परिचय दिन खोज्छ तर केसरले आफ्नो मनमा अरु कोहि रहेको बताउछे ।लगतै लाहुरे निराश भएर काठमाडौँ फर्कन्छ त्यसपछि मात्र केसरले आफ्नो मनमा बसेको लाहुरे अभय हो भन्ने थाहा पाउछे । केशरले लाहुरेलाई फोन गर्छेतर फोन सम्पर्क हुदैनउ त्यसपछि लाहुरेको खोजीमा पहिलो पटक काठमाडौँ हिड्छेकाठमाडौँ पुगेपछि उसको सम्पर्क लाहुरे संग त हुन्छतर भेट हुनु पुर्ब नै माफिया डन निगम बाबा (अनुप बिक्रम शाहीको आखा केसर माथि पर्छ ।

यही बाट बदलाको काहानी सुरु हुन्छअनमोल ले नया रुप लिन्छनअन्तत अनमोल ले बदला लिन सफल हुन्छ । यही बदलाको रामलीला नै कृ हो ।

चलचित्र कृ का केहि सबल पाटा हरु पनि छनपुर्षोत्तम प्रधान को छायांकन अनि उत्तम न्यौपाने को पार्श्व संगीत कृ को सबै भन्दा बलियो पाटो होअनमोल को एक्सन अवतार को तारिफ गर्नै पर्छ तर हलीउड बलिउड बाट नक्कल गरेर चलचित्रमा देखाइएका द्वन्द को लामो लामो दृश्यले कूनै पल त दर्शक लाई दिक्कै लगाउछ । झन् जबर्जस्ति समय तनकाउन मात्र राखिएको जस्तो देखिने कबड्डी खेलेको दृश्यले कृ लाइ पट्टयार लाग्दो बनाएको छयसै चलचित्र बाट डेब्यु गरेकी नायिका अदिति बुढाथोकी को अभिनयमा तारिफ गर्ने ठाउ कतै भेटिन्नइन्स्ताग्राम कि हट मोडेल अदितिलाई चलचित्र मा अनमोल भन्दा निकै बुढी देखिएको छसायद यो मेकअप को समस्या हुनु पर्छ । अनुप बिक्रम शाही र कामेश्वर चौराशिया अनि सुदाम सिकेको अभिनय तुलनात्मक रूपमा राम्रो छअझै अनुपलाइ खलपात्र राम्रै सुहाएको छसरोज खनालको अभिनय सदाझै नबिझाउने नै छतर अनमोलको सम्बादमा अझैपनि निखारता छैनयद्धपि सुधारोन्मुख पक्कै छ ।

कृ को सम्बाद मा जबर्जस्ति अंग्रेजीको प्रयोग ले संवादको स्वादमा तितो पैदा गरेको छठाउ ठाउ मा अंग्रेजी अनि हिन्दि भाषा मा मुख छाडिएको सम्बाद काटिएको छैन यसले मुख्यत युवा बर्गमा नेपालि भाषामा मात्र छाडा बोल्न नहुने रैछ भन्ने खालको मनोबैज्ञानिक अशर पर्न सक्छ । चलचित्र मा बारम्बार प्रयोग गरिएको हिमाल को दृश्यले दर्शकलाईउफ्फ़ गर्न बाध्य तुल्याउछ । कथा लाई अनाबश्यक ट्वीष्ट दिने प्रयाशमा सामान्य कथा पनि टेड़ोमेड़ो बन्न पुगेको छजसले गर्दा दर्शक लाइ चलचित्र अबधि भर हलमा टिकी रहन छटपटी हुन्छ ।

कृ को गीत मा पनि खास दम देखिदैनसंगीतकार गायक अल्मोडा को यति यति पानि भने गीतलाई रुचाइए पनि को दर्शकले कपि गर्न माहिर अल्मोडाको उकाली मा अघि अघि गीतलाई हासोमा उडाएको देख्न सकिन्छजानी नजानी भन्ने गीत चलचित्र कृ को अर्को बेरश पाटो हो अनि यो गीत कूनै अर्को चलचित्र लाइ देखाउन मात्र स्कटल्याण्ड मा शूट गरिएको स्पष्ट देख्न सकिन्छ ।

३ करोड भन्दा माथिको लगानी भएको भनिएको कृ लेकूनै शिरा बाट ३ करोड खर्च गरेको देखिदैन । कृ केवल अनमोलअनमोल अनि अनमोल मा मात्र घुमेको छ । न दरिलो कथान रोचक सम्बादन सिमित द्वन्दन संगीतको मिठासन नौलो प्रश्तुति सबै पाटोमा अपरिपक्कता र हतास यस्तै भद्रगोल को श्रिङ्ग्खला नै कृ होभलै चलचित्रले अनमोलको स्टारडम को सहारामा लगानी उठाउला तर यो अनमोल कै करिअर का लागि भने ओरालो लाग्ने बिन्दुको शुरुवात हुनसक्छ ।

समग्रमा चलचित्र कृ बासि भातलाई भुटेर fried rice को नाम दिएको जस्तो मात्र छ२ बर्ष देखिको चर्चानिर्माण पक्षको तडकभड्क अनि मिडियाको अनाबश्यक प्रचारबाजी केवल हात्ती आयो हात्ती आयो फुस्सा जस्तो भएको छ ।

खैर चलचित्र राम्रो चलोसकृ टिमलाई शुभकामना ।

हामीले यस चलचित्र लाई ५ मध्य २ तारा रेटिंग दिएका छौ ।

समिक्षक : आर.पी . भट्टराई

Leave a Reply