जन्मदिनको खुसी साट्दै सत्यराज

जिवनमा उज्यालो सबैले चाहन्छ तर कमैले मात्र जिवनमा उज्यालो पाउन सक्छ । कसैले पाएर पनि जिवनमा उज्यालो दिन सक्दैन त कतिले उज्यालोको आभास नि गर्न पाउदैनन । यस्तै उज्यालोको खोजी गरिरहेका ६३ बाल बालिका साथ “कोहिनूर” , “नाइके” , “को आफ्नो” , “के म तिम्रो होईन र” , “म यस्तो गीत गाउछु” जस्ता नेपाली चलचित्रमा मुख्य साहायक निर्देशक तथा गीतकार सत्यराज चौलागाईले हिजो जेष्ठ ५ गते आफ्नो जन्म दिन मनाएका छन ।
koribati
दिवा शिशु स्याहार तथा बाल शिक्षा केन्द्रमा रहेका ६३ बालबालिका जो जिवनमा उज्यालो खोजिरहेका छन । तिनीहरुका लागी सानो वा आफुले सक्ने एकदिनको जन्मदिन मनाउने खर्चले त्यहाँका बाल बालिकालाई कापी, पेन्सिल र खाने कुरा लिएर पुगे । उनले त्यहाँ बाल बालिका को अनुहारमा खुसी देखेर सबैलाई आफ्नो जन्मदिन मनाउने नयाँ शैली शेयर गरिराखेका छन ।
satyaraj birthday
त्यसो त उनी सधै यस्तै बाल बालिका का लागी बिभिन्न कार्यक्रम गर्दै आएका छन्, कहिले “उज्यालो को लागी साथि” त कहिले “सधै आफ्नो लगी मात्र होईन, अरुका लगी पनि सोचौ” भन्दै लागी परेका छन । एकैजनाले समाज परिवर्तन गर्न त सकिदैन तर आफु परिवर्तन भएर सामाजिक काम गर्न सकिन्छ भन्दै लागीरहेका छन । हामी पनि भन्न सक्छौ सबैले यसरी नै जन्मदिन आफु सँगै अरुका लागि सोचेर गर्न थाले सबै एउटै मालाका थुङा हुने थियौ ।

Leave a Reply