एक नेपाली महिला मुक्ति आन्दोलनकर्ता संग मेल खाने “पद्मावत”

चलचित्र  : पद्मावत
निर्देशक  : संजय लीला भन्साली
कलाकार  : रणवीर सिंह, दीपिका पादुकोण, साहिद कपूर, जिम सरहब, अदिति राव हैदरी, राजा मुराद
भाषा      : हिन्दि
जेनेरा    : एक्सन ड्रामा, इतिहास
समय      : २ घण्टा ४३ मिनेट (नेपालमा)
रिलिज मिति : २०१८ जनावरी २५

संजय लीला भन्साली भारतीय सिनेमा उद्योगका लागि अनौठो नाम हैन, उनले प्रायजसो भारतीय इतिहास संग सम्बन्धित चलचित्र हरु बनाउने गर्छन र ति प्राय सबै केहि न केहि कारण ले बिबादित हुने गरेका छन, उनको पछिल्लो निर्देशन “पद्मावत” ले भारतमा चलचित्र रिलिज हुनु पुर्व नै हंगामा मच्चाएको थियो, तेह्रौ सताब्दी को एक अपुष्ट इतिहास मा आधारित चलचित्र  “पद्मावत”मा चितौड कि माहारानी  “पद्मावती” को इतिहास तोड मोड गरि प्रस्तूत गरिएको भनि भारतका राजपूत समुदाय का “करणी” सेना ले यस चलचित्र लै प्रदर्सन गर्न निषेध गर्नु पर्ने माग सहित हाल सम्म पनि बिरोध संगै तोडफोड नै गरिरहेको छ, यो अनौठो घटनाले चलचित्र “पद्मावत” भारत मा मात्र नभई संसार भरिनै कौतुहलताको बिषय बनेको छ, २०१७ मै रिलिज मिति तोकिएतापनि विवादकै कारण ले गर्दा रिलिज मिति २०१८ जनावरी २५ मा सारिएको थियो, यो चलचित्र प्रदर्शन को टुंगो लगाउन भारतीय सर्बोच्च अदालत ले नै निर्णय दिनु परेको थियो, अन्तत चलचित्र “पद्मावत” आफ्नो नाम मै झिनो परिवर्तन अनि सैयौ स्थान मा सेन्सर कटाएर विवादकै बीच प्रदर्शन मा आएको छ l

निर्देशक भन्सालीले यस चलचित्र को नाम “पद्मावती” वा “पद्मावत” को साटो “खिल्जी” राखेको भए सायद यत्ति विवादित हुनु पर्दैनथ्यो होला, या कूनै बिवादनै उठ्दैन थ्यो l चलचित्रको मुख्य कथा अनि प्रश्तुति “पद्मावती” भन्दा पनि “अलाउद्धिन खिल्जी”, उनको बैमानी साम्राज्यवादी दम्भ अनि रानी पद्मावती प्रतिको अपार भोक संग सम्बन्धित छ l पात्रका हिसाब ले पनि अन्य भन्दा “अलाउद्धिन खिल्जी” लाइ निकै बलियो रूपमा “पद्मावत” मा प्रश्तुत गरिएको छ l यसर्थ पनि भन्सालीले “पद्मावत”को साटो “खिल्जी” नाम राख्नु उचित हुन्थ्यो l

चलचित्र हेर्दा यस चलचित्र ले कूनै पनि सिरा बाट “राजपूत” हरुको स्वाभिमान माथि ठेस पुग्ने देखिदैन बरु चलचित्र मा “राजपूत” हरुले गर्ब गर्ने पर्याप्त कारण हरु छन  l चलचित्र हेरे पछि नेपाली अनि  भारतीय नै दर्शक ले पनि निकै सकारात्मक प्रतिक्रिया दिईरहेकाछन, र “पद्मावती” को नाममा भैरहेको विवाद निरर्थक रहेको बताएका छन l

तेह्रौ सताब्दी मा अफगानस्तान सुल्तान “जलालुद्धीन” (राजा मुराद) ले भारत को दिल्ली माथि आफ्नो हुकुमत कायम गर्ने सपना देख्छ, उनको सपना सकार पार्ने एक मझभूत सिपाही को रुप मा हुन्छन  “अलाउद्धिन खिल्जी”(रणवीर सिंह) l “अलाउद्धिन खिल्जी”  को बहादुरी देखेर सुल्तान जलालुद्धीन ले आफ्नी छोरी “मेहरुनिस्सा” (अदिति राव हैदारी) को बिबाह “अलाउद्धिन खिल्जी” संगै गराई दिन्छ, तर यौन र सत्ताको भोकी  “अलाउद्धिन खिल्जी” भने सुल्तानी ताज हत्त्यौने प्रपन्च रचिरहेको हुन्छ, सुल्तान कि छोरी संग पनि यही कारण बिबाह गरेको हुन्छ l उता मेवाड (भारत को एक एतिहासिक राज्य)  का महाराज “महारावल रतन सिंह” (साहिद कपूर) आफ्नी जेठी श्रीमती लाइ दिएको बचन पूरा गर्न सिन्घली मोति को खोजीमा गुपचुप सिंघल को यात्रामा निस्किएको हुन्छ l यसै बीच उसको भेट सिंघल कि राज कुमारी “पद्मावती”(दिपिका पादुकोण) संग हुन्छ l “पद्मावती” को सौन्दर्यता देखेर “महारावल रतन सिंह” मन्त्र मुग्ध हुन्छ, “पद्मावती” पनि “महारावल रतन सिंह” लाइ प्रेम गर्न थाल्छिन, सिन्घलको मोति संगै “महारावल रतन सिंह”ले “पद्मावती” संग बिबाह गरि उसलाई आफ्नी कान्छी श्रीमती को रुप मा चितौड (मेवाड को राजगड) भित्र्याउछ l   “महारावल रतन सिंह” र उनकी रानी “पद्मावत” बिचको अथाह प्रेम देखेर पूरै मेवाड नै दंग हुन्छ l  “महारावल रतन सिंह” ले आफ्नी रानी लाई राजपूजारी “राज चेतन”  संग पारम्परिक भेट गराउछ, “पद्मावती”को अलौकिक र असाधारण सुन्दरता देखेर, राज पूजारी बेकाबू बन्न पुग्छ र सोहि रात, “महारावल रतन सिंह” आफ्नी रानी “पद्मावती” संग सयन कक्षमा प्रेम क्रिडामा भएका बेलामा चियाउन पुग्छ, यो कुरा रानी पद्मावती ले चाल पाउछे र  यसै कारण “महारावल रतन सिंह” ले राज पूजारी “राज चेतन” लाई देश निकाला को आदेश दिन्छ l तत्पश्चात बदला भाव बोकेर राज चेतन देश छोडेर जान्छ l

यसै बीच सुल्तान “जलालुद्धीन” ले  “अलाउद्धिन खिल्जी” र सल्तनत सेनाको बलमा दिल्ली माथि विजय पाउछ, र अन्य छिमेकी राज्य हरु माथि पनि आफ्नो साम्राज्य फैलाउन सफल हुन्छ l कारा (भारत अर्को एक एतिहासिक राज्य) माथिको विजय पश्चात “अलाउद्धिन खिल्जी” दिल्ली फर्किदैन, उ कारा मै आफ्नो डेरा जमाएर बसेको हुन्छ, उता सुल्तान “जलालुद्धीन” ले आफू बिरुद्ध “अलाउद्धिन खिल्जी” ले षड्यन्त्र बुनिरहेको कुरा थाहा पाउछ, र तुरुन्तै “अलाउद्धिन खिल्जी”लाइ भेट्न कारा पुग्छ, आखिरमा  सुल्तान “जलालुद्धीन”  “अलाउद्धिन खिल्जी” को षड्यन्त्र फस्छ र मृत्यु को सिकार हुन पुग्छ l  सुल्तान “जलालुद्धीन” लाइ मारेर  “अलाउद्धिन खिल्जी”ले आफैलाई सुल्तान घोसित गर्छ र आफ्नै ससुराको  काटिएको टाउको बोकेर दिल्ली फर्कन्छ l एक रात सुल्तान “अलाउद्धिन खिल्जी” ले आफ्नो दरबार नजिकै मिठो बासुरीको धुन सुन्छ र त्यो बाधकलाई आफु सामु हाजिर गराउन आदेश दिन्छ, त्यो बासुरी बाधक उही चितौड बाट देश निकालाको सजाय पाएको राज पूजारी हुन्छ l बदलाको आगोमा जलिरहेको राज चेतन ले सुल्तान “अलाउद्धिन खिल्जी” लाइ चितौड्की महारानी “पद्मावती” को अपूर्व सौन्दर्य को बयान गर्छ र चितौड माथि आक्रमण गरि “पद्मावती”लाइ आफ्नो पत्नी बनाउन सल्लह दिन्छ l पूजारीको बखान सुनेर सुल्तान “अलाउद्धिन खिल्जी” रानी पद्मावती लाई देख्न आतुर हुन्छ, र मेवाडका महाराज महारावल रतन सिंह लाई धम्कि पूर्ण भाषामा खानदान सहित दिल्ली भोजन का लागि निमन्त्रणा गर्छ l तर सुल्तान “अलाउद्धिन खिल्जी”को धम्कि पूर्ण निमन्त्रणालाइ “महारावल रतन सिंह” ले इन्कार गर्छ l

आफूले चाहेको कुरा पाउनै पर्छ भन्ने दम्भ बोकेको सुल्तान “अलाउद्धिन खिल्जी”ले आफ्नो निमन्त्रणा स्वीकार नगरेपछि, चितौड माथि आक्रमण गर्न मेवाड तर्फ अघि बढ्छ l सुल्तान “अलाउद्धिन खिल्जी”को सेना चितौड को गढ नजिकै पुगेपछि गढ मा सहजै आक्रमण गर्न नसकिने थाहा पाए पछि कयौ महिना सम्म आफ्नो सेना सहित चितौड को गढ अगाडिनै बसिरहन्छ l उता महारावल रतन सिंह भने सुल्तान अलाउद्धिन खिल्जी संग युद्ध गर्ने तयारि मा जुट्छ, सैनिक बलमा कमजोर भए पनि बाहादुर राजपूत हरुको मनोबल उच्च राख्न, महारावल रतन सिंह ले कूनै कसर बाकि राख्दैन l राजपूत हरुको अटुट मनोबल देखेर सुल्तान अलाउद्धिन खिल्जिले कुटनीतिक षड्यन्त्र बुन्छ र आफु चितौड का महाराज महारावल रतन सिंह संग मित्र बन्न चाहेको र आफू चितौड दरबारमा भोजनको लागि आउन चाहेको संदेश लिएर आफ्नो खास “मल्लिक काफुर” (जिम सरहब) लाइ चितौड दरबार पठाउछ l

सुल्तान “अलाउद्धिन खिल्जी” बाट एस्तो संदेश आएको देख्दा महारावल रतन सिंह ससंकित हुन्छ तर जनतामा रहेको  लामो समय को युद्ध त्रास अनि खाध्य अभाव का कारण सुल्तान “अलाउद्धिन खिल्जी” को प्रश्तावमा सहमत हुन्छ र उसलाई  एक्लै आउने र सैनिक हरुलाई फिर्ता पठाउने शर्तमा  दरबार मा  भोजन का  लागि निम्तो दिन्छ l महारावल रतन सिंहको सहमति पछि “अलाउद्धिन खिल्जी” एक्लै चितौड दरबार पुग्छ, भोजन को बहाना मा “अलाउद्धिन खिल्जी” रानी पद्मावती लाई हेर्न  चाहेको कुरा महारावल रतन सिंह सामु राख्छ , क्रोधित  हुदै  महारावल रतन सिंहले सुल्तान “अलाउद्धिन खिल्जी”लाइ आफ्नो दरबार बाट जाने आदेश दिन्छ l यो सबै कुरा  रानी “पद्मावती”ले सुनिरहेको हुन्छे र मलाई हेर्नु नै सुल्तान “अलाउद्धिन खिल्जी”को इच्छ्या हो र यति गर्नाले युद्ध हुदैन भने आफुलाई देखाउन महारावल रतन सिंह लाइ अनुरोध गर्दछे l “पद्मावती”को अनुरोध स्वरूप सुल्तान “अलाउद्धिन खिल्जी”लाइ आफ्नी रानी को एक झलक देखाउछ l तर यति मा सुल्तान “अलाउद्धिन खिल्जी” सन्तुष्ट हुने कुरै थिएन तेसैले, सुल्तान “अलाउद्धिन खिल्जी”ले पनि भोलिपल्ट आफ्नो युद्ध शिविर मा एक्लै भोजनका लागि आउने निम्तो दिन्छ l

भोलि पल्ट राजपूत को शान जोगाउन पनि आफ़ो जानु पर्ने भन्दै महारावल रतन सिंह सुल्तान “अलाउद्धिन खिल्जी”को युद्ध शिविर मा पुग्छ तर त्यहा पुगेपछि मात्रै महारावल रतन सिंह ले “अलाउद्धिन खिल्जी” को षड्यन्त्र मा फसेको थाहा पाउछ l “अलाउद्धिन खिल्जी” ले  महारावल रतन सिंह लाई अपहरण गरि दिल्ली लैजान्छ र आफ्नो राजाको सलामति चाहाने हो भने स्वयम रानी पद्मावातिलाई दिल्ली आउन सर्त संदेश “पद्मावती” सम्म पुर्याउछ l आफ्नो पति महारावल रतन सिंह अपहरण मा परेको सुने पछि आफू दिल्ली आउने शर्तसहितको संदेश सुल्तान “अलाउद्धिन खिल्जी”लाइ पठाउछे l “पद्मावती” आफै दिल्ली आउने कुरा सुनेर सुल्तान “अलाउद्धिन खिल्जी” उत्साहित हुन्छ र “पद्मावती”का सबै शर्त हरु मान्दछ l

शर्त बमोजिम रानी पद्मावती दिल्ली आइ पुग्ने बित्तिकै आफ्ना पति  महारावल रतन सिंह लाई भेट्न सुल्तान “अलाउद्धिन खिल्जी” कि पत्नी मेहरुनिस्सा ले  कैदखाना सम्म पुराउछे, मेहरुनिस्सा ले महारावल रतन सिंहलाई कैद मुक्त गराई गोप्य सुरुंगी मार्ग बाट “पद्मावती” र उनका राजालाई भगाउन मद्धत गर्छे l उता सुल्तान “अलाउद्धिन खिल्जी” ले यो कुरा थाहा पाउने बेला सम्म “पद्मावती” र महारावल रतन सिंह ले दिल्लीको सिमाना पार गरिसकेका हुन्छन, यो सबै सुनेर सुल्तान “अलाउद्धिन खिल्जी” रिस ले चुर हुदै तुरुन्तै चितौड मा पुनः आक्रमण गर्छ l

उता चितौडका राज्पूथारू आफ्नो माहाराज फर्केर आएको मा खुसि मनाउन नपाउदै  सुल्तान “अलाउद्धिन खिल्जी”ले पूनः आक्रमण गर्न लागेको कुरा थाह पाएर युद्धका लागि तयार हुन्छन l महारावल रतन सिंह ले अन्तत युद्धकै मैदान बाट सुल्तान “अलाउद्धिन खिल्जी”को सामना गर्ने निर्णय गर्छन र आफ्ना सेना सहित गढबाट बाहिर निस्कन्छन l युद्ध मैदान मा  सुल्तान “अलाउद्धिन खिल्जी” र “महारावल रतन सिंह”को बीचमा एक एक्लै  युद्ध हुन्छ र “महारावल रतन सिंह”ले सुल्तान “अलाउद्धिन खिल्जी” लाइ धुलो चटाउन सफल हुन्छ, तर युद्ध नीति बिपरित सुल्तान “अलाउद्धिन खिल्जी” का सेना ले “महारावल रतन सिंह” माथि आक्रमण गर्छ र उसलाई त्याही मारिदिन्छ l यता रानी पद्मावती ले आफ्ना पति “महारावल रतन सिंह”को मृत्यु भएको र सल्तनत सेना दरबार सम्म आइसकेको  खबर  पाउछे l त्यस पश्चात रानी पद्मावती ले आफ्नो स्वाभिमान र राजपूत हरुको शान का खातिर, सामुहिक “जौहर गर्ने” (अग्नि कुण्ड मा हाम फाल्ने) निर्णय लिन्छे र यो नै सुल्तान “अलाउद्धिन खिल्जी” को सबै भन्दा ठुलो हार हुने कुरामा चितौडका सबै महिला सहमत हुन्छन l अन्तमा रानी “पद्मावती” सहित हजारौ महिला हरुले अग्नि कुण्डमा आफ्नो देह त्याग गर्छन र सुल्तान “अलाउद्धिन खिल्जी” ले चितौडका महाराजा सहित  हजारौ सेनाको ज्यान लिएता पनि आफ्नो सपना कहिल्यै पूरा हुन सक्दैन l

चलचित्र “पद्मावत” प्रश्तुति का हिसाबले अत्यन्तै निपुण छ, कलाकार रणवीर सिंह को अभिनय को जति प्रसंशा  गरे पनि कम हुन्छ, चलचित्र मा समाबेश गीत पनि त्यस्तै मिठा छन्, निर्देशक, कलाकार अनि निर्माण पक्ष सबैको मिहेनत प्रसंशायोग्य छ l चलचित्र समयका हिसाबले केहि लामो भए पनि चाख लाग्दो छ, दर्शक ले यस चलचित्र लाई एतिहासिक वृतचित्रमा बढी ग्रहण गर्ने सम्भावना पनि छ l लगानी का हिसाबले पनि खर्चिलो देखिएको “पद्मावती” को प्राबिधिक पक्ष पनि बलियो मान्न सकिन्छ l चलचित्रलाई ब्यबसायिक रुप ले समिक्षा गर्नु भन्दा पनि लामो बिबादका बीच प्रदर्शनमा आएको “पद्मावती”ले दर्शकलाई निराश नबनाउने निश्चित प्राय छ l

“पद्मावती” हेरिसकेपछि रानी पद्मावती(पद्मिनी) को कथा बिसौ सताब्दीको एक नेपाली महिला मुक्ति आन्दोलनकर्ता संग मेल खान गएको देखिन्छ, भोजपुरकी “योगमाया न्यौपाने” ले पनि तदानुशार १९९८ असार २२ गते महिला मुक्तिका खातिर सामुहिक अरुण नदीमा  जल समाधि लिएकी थिइन् l तत्कालिन राणाहरुको चरम ज्यादती र महिलाहरु माथि हुने विभेदका बिरुद्धमा  “योगमाया न्यौपाने”ले बिद्रोह को बिगुल फुकेकी थिइन् l कता कता रानी “पद्मावती” को अग्नि समाधि र “योगमाया न्यौपाने” को जल समाधि बिद्रोह को बाध्यात्मक अनि कठिन निर्णय, समान परिस्थिति र त्यसले निम्ताएको परिणाम को कथाका रुपमा लिन सकिन्छ सकिन्छ l

मैले चलचित्र “पद्मावत” लाइ ५ तारा मध्य ३.५ तारा रेटिंग दिएको छु l

Leave a Reply