बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको निधन

बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । सरोज खान पछिल्लो केही समयदेखि बिरामी थिइन् । जुन २० मा उनलाई स्वास फेर्न कठिन भएपछि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको कोरोना संक्रमण पनि जाँच भएको थियो तर रिपोर्ट नेटेटिभ आएको थियो । सरोज खान बलिउडको दिग्गज नृत्य निर्देशक मध्ये एक हुन् ।

उनले आफ्नो करियर एक असिस्टेन्ट कोरियोग्राफरका रुपमा गरेकी थिइन् । उनले सन १९७४ मा चलचित्र गीता मेरा नाममा पहिलो पटक गीतको स्वतन्त्र रुपले निर्देशन गरेकी थिइन् ।

Leave a Reply