अस्कर कलेजका विद्यार्थीलाई सिंगापुरको इन्फानाइट स्टुडियोको छात्रवृत्ति

सिंगापुरको इन्फानाइट स्टुडियोज्ले अस्कर कलेज (कलेज अफफिल्म स्टडिज)का १५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको छ । स्टुडियोको प्रतिनिधि सुयीमोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जनाविद्यार्थीलाई रकम हस्तान्तरण गरेकी छिन् । कार्यक्रममा ५ जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बर्सरी अवार्ड प्राप्त गरेका थिए ।

इन्फानाइट स्टुडियोज्ले २०७३ सालदेखि अस्कर कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । प्रतिनिधिको रुपमा नेपाल आएकी मोले कलेजले विद्यार्थीको वृत्तिविकासमा ठूलो योगदान पुर्याउने उल्लेख गरिन् । ‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले गर्दा फिल्म कलेज सिनेमा उद्योगका आधार हुन् । यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निणर्य गरेका हौँ । आगामी दिन माहामी अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ,’मोले कार्यक्रममा भनिन् ।

मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका ६ वटा सर्ट फिल्म पनि हेरेकी थिइन् । फिल्म हेरेपछि मोले विद्यार्थीसँग फिल्मका विषयमा अन्तरङ्ग छलफल गरेकी थिइन् । छावृत्ति वितरण कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल रामराजा दाहालले इन्फानाइटले दिँदै आएको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्वको रहेको धारणा राखेका थिए । ‘छावृत्ति वापत विद्यार्थीले पाउने रकमको ठूलो अर्थ छ । यो बाहेक हामी स्टुडियोसँग आगामी दिनमा अरु क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौँ,’ उनको भनाइ थियो ।

स्टुडियोले कोभिड १९को महामारीका कारण क्षति बेहोर्नु परेका विद्यार्थीका लागि भनेर दुई साल अघिदेखि बुरसरी अवार्ड पनि वितरण गर्न थालेको थियो । स्डुडियोले तेस्रो साल पनि यो अवार्डलाई निरन्तरता दिने निणर्य गर्दै बिहीबार यो अवार्ड प्राप्त गर्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको थियो । इन्फानाइट छात्रवृत्ति पाउने ५ जनाको तर्फबाट सजन भण्डारी तथा इन्फानाइट बर्सरी पाउने विद्यार्थीको तर्फबाट जेम्स ढकालले स्टुडियोलाई कृतज्ञता प्रकट गरेका थिए ।

Leave a Reply