चलचित्र ‘कालुराम’ निर्माण हुने

विगत तीन महिनादेखि चलचित्र क्षेत्रका हरेक गतिविधि ठप्प छन् । देशका विभिन्न स्थानमा लकडाउन केही खुकुलो हुँदै गएको छ । लकडाउन खुकुलो भएसँगै अब रोकिएका चलचित्रका काम सुरु हुने सम्भावना देखिएको छ । यसै बिच निर्देशक दिनेश पौडेल पनि लकडाउन अन्त्य हुन साथ चलचित्र छायाङ्कन गर्ने तयारीमा लागेका छन् । ‘द मस्ट वान्टेड’ चलचित्रबाट नेपाली चलचित्र निर्देशन यात्रा सुरु गरेका पौडेलले नयाँ चलचित्र ‘कालुराम’ निर्माणको तयारी गरेका छन् ।

चलचित्रको स्क्रिप्ट ‘लक’ भैसकेको छ भने केही कलाकार पनि छनौट भैसकेका छन् ।निर्देशक पौडेलले चलचित्रको तीनवटा गीतको रेकर्डिङ्ग पनि सकाएका छन् । उनका अनुसार, चलचित्रका लागि केही कलाकारको खोजी भैरहेको छ । कमला ढकालले निर्माण गर्ने चलचित्र समसामयिक प्रेम कथामा बन्ने बताइएको छ ।

Leave a Reply