मनिषा कोइराला आमा बुवासहित नेपाल आइन्

अभिनेत्री मनिषा कोइराला मंगलबार बेलुकी स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए ।

मुम्बई बस्दै आएकी उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् । मनिषाको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए।मनिषा कोइराला र उनको परिवारलाई नेपाली शुभचिन्तक र कलाकर्मीले सामाजिक संजालबाट नेपालमा स्वागत गरेका छन् । कोइराला परिवार काठमाडौँमा होटेल क्वारेनटाइनमा बस्ने बुझिएको छ ।

Leave a Reply