अ पिक्चर ‘A Picture’को ट्रेलर सार्वजनिक

चलचित्र अ पिक्चर ‘A Picture’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ओम चित्र इन्टरटेनमेन्ट युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो । चलचित्र भाद्र ३१ गतेबाट प्रदर्शनको मिति तय भएको छ।

कार्यकारी निर्माता सुश्मिता गुरुङ र मोहन माया गुरुङ रहेको यस चलचित्रका लेखक तथा निर्देशक विवेक गुरुङ हुन् । चलचित्रका छाँयाकार निकोलस गुरुङले दृश्य सम्पादन गरेका हुन् । चलचित्रको छाँयांकन पोखरा र कास्की जिल्लाको रमणिय गाउँहरुमा गरिएको छ।

चलचित्रमा गुरुङ चलचित्र क्षेत्रमा निकै चर्चित कलाकारहरु नविन गुरुङ, ओम गुरुङ, उर्मिला गुरुङ, अन्जु गुरुङ, सुसन गुरुङ, कुशल गुरुङ, आशिष गुरुङ, एसजे पुनलगायतको अभिनय रहेको छ। त्यस्तै चलचित्रका गीतमा चर्चित गायिका अश्मिता अधिकारी, मबिन्द्र राई, प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। चलचित्रको प्रिमियर शो पोखराको मिडटाउन सिनेमा हलमा गरिनेछ। त्यस्तै हंगकंग, मकाउ लगायतका देशहरुमा स्पेशल सो समेत गरिने चलचित्रका निर्देशक विवेक गुरुङले बताए। चलचित्र केहि समय पश्चात ओम चित्र इन्टरटेनमेन्ट युट्युव च्यानलमा उपलब्ध हुनेछ।

ट्रेलर हेर्नुहोस्:

Leave a Reply