सागर लम्साल ‘बले’ले कोरस डान्सरलाई गरे सहयोग

कलाकार सागर लम्साल ‘बले’ले लकडाउनले प्रभावित भएका डान्सरहरूलाई सहयोग गरेका छन् ।नेपाली चलचित्र तथा म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा नृत्य गर्ने कलाकारहरूलाई उनले राहत प्रदान गरेका हुन् ।

उनले लकडाउनको ६६ दिनमा काम गरी खान नपाएपछि समस्यामा परेका करिब पचास जना कोरस डान्सरलाई उनले राहत वितरण गरेको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका हुन् ।उनले गाह्राे परेका ५० जना भाइ बहिनिहरूलाई पाँच सय केजी, चामल, एक सय केजी दाल र एक सय लिटर तेल वितरण गरेका हुन् ।आउने दिनहरूमा पनि आफुले सक्ने सहयोग जारी राख्ने बताउँदै एक बोलिमा यति धेरै सहयोग गरिदिनु हुने शिखर दिप एग्रो कम्पनिका भ्यालि ईन्चार्ज सुरेश मानन्धर सरलाई धन्यवाद दिएका छन् ।

Leave a Reply