‘रुकुमको घटना एउटा जघन्य अपराध हो’: रबि लामिछाने

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक तीन वर्षदेखि प्रेमसम्बन्धमा रहेकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीसँग विवाह गर्न चाहन्थे । तर जाजकोटका युवा नवराज विश्वकर्माले प्रेम गरेका कारण नै ज्यान गुमाउनु पर्यो। दलित भएर उपल्लो जातकको केटिसंग प्रेम गरेकै कारण उनि र उनका साथीले ज्यान गुमाए। यो बिषयमा सामाजिक संजालमा चर्को विरोध भैरहेको छ र दोषीलाई कडा कारबाहीको माग उठिरहेको छ ।यो विषयमा नेपाली चलचित्रका कलाकारहरूले पनि आवाज उठाउन थालेका छन् र बिरोधमा उत्रिएका छन् ।

यसैक्रममा चर्चित संचारकर्मी रबि लामिछानेले  पनि जाजरकोटमा भएको दलित युवको हत्याको बिरोध गरेका छन् । साथै उनले २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्याको विषयमा ‘सिधा कुरा जनतासँग’ मा समेट्ने प्रयास गर्ने आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका थिए । ‘जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना । बिना कारण होनहार अमुल्य जीवनहरु गुमे । यो क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ । दोषीहरु माथी हदै सम्मको कार्वाही होस् । महापापीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं । घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन् । घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं’, आफ्नो फेसबुकमा रबि लामिछानेले लेखेका थिए ।

र उनले आफ्नो भनाइ पुरा पनि गर्नुभएको छ । हिजोको कार्यक्रममा रुकुमको क्रूर घटना बारे विशेष रिपोर्ट थियो । नवराज बि.क. का साथीहरू लाइभ आएका थिए र प्रस्तुति यसै घटनामा केन्द्रित रहको थियो । नवराज बिक संगै गएका र भागेर ज्यान बचाएका उनका दुई साथीहरुको बयान सुन्दा आङ जिरिङ्ग हुने रबि बताउँछन्। आफ्नो फेसबुकमा रबि लामिछानेले लेखेका छन् , रुकुमको घटना एउटा जघन्य अपराध हो। लखेटेर, थुनेर मान्छे मार्नु वा मर्न बाध्य पार्नु अपराध बाहेक केहि हुनै सक्दैन। उनका साथीहरूको कुरा सुनिसके पछि,दलित भएकै कारण नवराजको ज्यान लिइएको बुझ्न कठिन हुने छैन।तर्क/कुतर्कले अब नवराज र उनका साथीहरूको जीवन फिर्ता हुने छैन।

Leave a Reply