‘चपली हाइट ३’ पुस १५ मा प्रदर्शन हुने,दुई हप्ता पछि सर्‍यो

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति दुई साता पछाडि सरेको छ । पुष २ गतेबाट  प्रदर्शनमा आउने भनिएको चलचित्र अब पुष १५ गते (बिहीवार) बाट प्रदर्शन हुने निर्माण टिमले सोमवार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
पुष २ मा साउथ चलचित्र ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ नेपालमा प्रदर्शन हुने भएकोले  रिलिज दुई साता पछि सरेको हो ।
यस चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले चलचित्रको एक्सन दृश्यको कोरियोग्राफी गरेका हुन् । सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ ।

नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply