सौगात र सृष्टिको ‘माइकल अधिकारी’को ट्रेलरमा पैसाका लागि कोख भाडामा लगाउनेको कथा

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा शहरमा संघर्ष गरिरहेको एक दाम्पतीले आर्थिक समस्याका कारण पैसाका लागि कोख भाडामा लगाउने दाम्पत्यको कथा प्रस्तुत गरेको छ। ट्रेलरमा सौगात र सृष्टि श्रीमान्-श्रीमतीको भूमिकामा रहेका छन् । ट्रेलरमा कमेडी, लभ, ड्रामा, पीडा सबै प्रस्तुत गरिएको छ ।

चलचित्र आगामी भदौ ३ मा प्रदर्शन हुने छ । सेरोगेसीको कथामा आधारित भएर निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहेको छ ।

रञ्जित रौनियारले निर्देशन गर्ने चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्रलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मसले वितरण गर्दैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल र निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजुविक्रम थापाको छायाङ्कन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply