नक्कली अश्लिल भिडियो सार्वजनिक गर्ने धम्कीपछि पूजा र आँचलको त्सयविरुद्ध सबै एकजुट हुन अपिल

इण्डियन स्पाइडर स्क्वाडले नेपाली सेलिब्रेटीको नक्कली अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएको छ । इण्डियन स्पाइडर स्क्वाडको यस धम्कीसँगै नायिकाद्वय पूजा शर्मा र आँचल शर्माले फेसबुकमा बिरोध गरेका छन् ।

नायिका पूजा शर्माले फेसबुकमा लेखेकी छन्, ‘यस्तो घटिया सोच र कार्य गर्नेहरु विरुद्ध हामी सबै विवेकशील प्राणी एक भएर लाग्नु जरुरी छ । कसैलाई पनि कसैको इज्जत अस्मितामा खेलवाड गर्ने अधिकार छैन । कलाकारलाई मात्रै नभर यो सबैलाई पर्न सक्छ । समयमै सजक हौँ । यसको विरुद्ध तुरुन्तै कानुनी उपचार खोजौँ । हाम्रो छात संगठन नेपाल कलाकार संघले तुरुन्तै पहल गरोस् । म हार्दिक अनुरोध गर्दछु । आफ्नो मात्र हैन अरुको पनि इज्जत गर्न सिकौं । यसकोविरुद्ध सबै एकजुट हौं । जय देश, जय नारी अस्मिता । ’

त्यस्तै आँचल शर्माले फेसबुकमा लेखेकी छन्, ‘आफ्नो देशको बारेमा बोल्दा , राष्ट्रिय एकताको बिषयमा अडिग भएर एउटै आवाज निकाल्दा हामी नेपाली छोरी चेलीले यस्तो सहनु पर्ने ? जसले त्यस्ता प्रकारका अश्लिल भिडियो बनाएर हाम्रो चरित्र हत्या गर्ने र मानसिक तनाव दिने कार्य गरेका छन् तिनीहरुको विरुद्धमा एक भएर अघि बढ्न जरुरी छ । यति बेला तपाई समस्थ साथी भाई अनि शुभचिन्तकको साथको जरुरी छ मलाई । कृपया सहयोग गरिदिनुस ।’

Leave a Reply