प्रियंकाको आग्रह–‘बर्षालाई अनावश्यक र अश्लिल गाली गलौच नदिनुस्’

नायिका प्रियंका कार्कीले बर्षा राउतको लागि आफ्नो ईन्स्टाग्राम स्टोरीमा आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । प्रियंकाले वर्षाले माफि मागिसकेको र बर्षालाई अनावश्यक र अश्लिल गाली गलौच नदिन आग्रह गरेकी छिन् । प्रियंका लेख्छिन्–‘बर्षालाई बर्सिरहेको गाली, गलौज, अपशब्द चारैतिर देखेर मन दुखेको छ । साह्रैं चित्त दुखेको छ । उनलाई झन कस्तो भैरहेको होला । यो विषयमा केहि विचार राख्न यहाँहरुसँगग अनुमति माग्दछु ।बर्षाको अन्र्तवार्तामा म पनि सँगै थिएँ । हो, म मान्छु उनको बोलिको शैली, शब्दहरुको छनोट र प्रस्तुतीकरणले गर्दा सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीहरु उनलाई हर कदमले नियालीरहेका छन् । पब्लिक फिगर हुन त्यति सजिलो छैन त्यो पनि म मान्छु । देशको विषयमा बोल्दा त झन धेरै विचार पुर्याएर बोल्न पर्छ किनकी राष्ट्रियताको कुरा आउँदा जो पनि अलि गम्भिर हुन्छ । हुनै पर्यो नि देशको सार्वभौमिकताको कुरा हो । उनले आफ्नो माफी पत्रमा दर्शाए बमोजिम आफ्नो अन्र्तवार्तामा परिपक्वताको समान स्तर देखाएकी भए यो परिस्थिति आउँदैन्थ्यो सायद।’

प्रियंका थप लेख्छिन्– ‘अब जे हुनु भैसक्यो गल्ती त सबैबाट हुन्छ नि हैन र ? तर त्यस्को मतलब देशको माया नभएको होइन । नेपाललाई जे सुकै होस्, लगे लगुन भन्ने आशय उनको कदापी थिएन, कुनै नेपालीको हुँदैन । बोल्ने तरिका मिलेन, आशय गलत होइन । यो बुझ्न जरुरी छ । हो यो गल्ती उनलाई देखाइदिनुस्, अब बाट ध्यान पुर्याएर बोल्नु, भन्नुहोस्, सुझाव दिनुहोस्, उनलाई थाहा नभएको कुरा सिकाइदिनुहोस् । अनावश्यक र अश्लिल गाली गलौच नदिनुस् । उनले माफी पनि मागि सकिन् ।हामीले हाम्रा चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने हाम्रो कर्तव्य हो नि होइन र ? ’

हेर्नुहोस् दिपाश्री के भन्छिन् नायिका वर्षा राउतको अभिव्यक्तिको बारेमा :-

Leave a Reply