पल र पुजाको ‘म यस्तो गीत गाउँछु २’ असार २५मा सिड्नीमा प्रदर्शन हुने

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । नेपालमा गत फागुन १३ गते प्रदर्शन भएको चलचित्र आगामी जुलाई ९ तारिख (असार २५ गते) स्थानीय सिभिक थियटरमा प्रदर्शन हुने छ । वितरण कम्पनी नेपसिनेले नेपाल, हङकङ र युके बाहेकका अन्य देशमा यो चलचित्रको प्रदर्शन अधिकार लिएको छ । सिड्नीमा हुने प्रदर्शनमा नेपसिनेले अस्ट्रेलियास्थित इभेन्ट म्यानेजमेन्ट कम्पनी कलर्स अफ नेपालसँग सहकार्य गरेको हो ।

सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply