माल्दिभ्समा अदितीको बिकिनी अवतार

चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी अभिनेत्री हुन्,अदिती बुढाथोकी । ‘कृ’मा उनको जोडी अनमोल केसीसँँग बाँधिएको थियो । अदिती आफ्नो अभिनय भन्दा पनि सुन्दरताको कारण बढी चर्चामा आउने गर्छिन्। उनी इन्स्टाग्राममा सक्रिय छिन् । उनी नेपाली सेलिब्रेटीहरुमध्ये इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने अभिनेत्री हुन् । इन्स्टामा उनलाई पछ्याउनेको संख्या १७ लाख छ ।

चलचित्र ‘कृ’पछि करीब तीन वर्ष चलचित्रमा काम नगरेकी अदिती आफ्नै आमा पुष्पा बुढाथोकीले निर्माण गरेको चलचित्र ‘बाबरी’मा मुख्य भूमिकामा देखिँदैछिन् । गत वर्ष लेटाङबाट खिचिएको चलचित्रको अझै छायांकन पूरा भएको छैन । कोरोना महामारीका कारण अधुरैमा रोकिएको चलचित्रको दोस्रो चरणको छायांकन सिक्किममा गर्ने तयारीमा निर्माण टिम छ ।

चलचित्रको छायांकन रोकिएपछि निषेधाज्ञाको समयमा दुई महिना परिवारसँग काठमाडौंमै बसेकी उनी त्यसपछि मुम्बई उडेकी थिइन् । अहिले भने अदिती माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पुगेर उनले विकिनीमा ‘हट एन्ड बोल्ड’ तस्वीर शेयर गरेकी ​छिन् । उनी छुट्टी मनाउन साथीहरुसँग माल्दिभ्स पुगेकी हुन् । माल्दिभ्सको समुद्री किनारमा खिचिएका ती तस्बिरहरुमा अदिती निकै खुलेकी छिन् । तस्विरमा उनी बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन् ।

अदितीका लागि पछिल्लो समय बिकिनी अवतार खासै नयाँ नौलो भने हैन । उनले आफ्नो बिकिनी अवतार सामाजिक संजालमा समय समयमा प्रस्तुत गरिरहेकी हुन्छिन् । गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका निकै हट तस्विरहरु सार्वजनिक गरिरहेकी छन् ।

मुम्बई फर्किएर मोडलिङमा व्यस्त बनेकी अदितीले भारतका दर्शकहरुको पनि मन जितेकी छन् र बलिउडमा पनि आफ्नो स्थान बनाउँदै छिन् । बलिउड चलचित्रमा अहिलेसम्म अभिनय गर्ने अवसर नपाएकी अदितिले हिन्दी र पन्जाबी म्युजिक भिडियोमा भने निकै काम गरेकी छिन् । अदिति एड र म्यागेजिनको लागी फोटोसुटमा पनि निकै सक्रिय छिन् । दशैंपछि हुने ‘बाबरी’ को छायांकनका लागि उनी भारतबाट सिधै सिक्किम प्रस्थान गर्ने बताइएको छ । यसमा उनको जोडी धिरज मगरसँँग बाँधिएको छ ।

Leave a Reply