ऋचा लेख्छिन्–‘भारतीय मिडियाहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन्’

अभिनेत्री मनिषा कोइरालाले सिमा विवादबारे नेपालको पक्षमा गरेको एक ट्विटको विषयलाई लिएर भारतीय मिडियाले उनको चर्को आलोचना गर्न थालेपछि अहिले उनको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् ।नेपाली सामाजिक संजालमा आम दर्शकदेखि कलाकारले उनको समर्थन गर्दै आफ्नो विचार व्यक्त गरिरहेका छन् ।

यस्तैमा अभिनेत्री ऋचा शर्माले भारतीय मिडियाहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्ने उल्लेख गरेकी छिन् ।अभिनेत्री ऋचा शर्माले पनि मनिषाको पक्षामा बोल्दै लेख्छिन्,‘चाहे ‘१९४२ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।’

प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन । ऋचाले लेखेकी छिन्–‘म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।’ तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।

हेर्नुहोस् राजेश हमाल के भन्छन् यस विषयमा :–

Leave a Reply