मानिसहरुलाई खाना खुवाउँदा पल शाहलाई मिलेको खुशी(फोटोसहित)

कोरोना सङ्क्रमणको जोखिमका कारण भएको लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको बेला पलले फेरि पनि सहयोगको हात अघि बढाएका छन् । उनले मंगलबारका दिन भक्तपुरको सानो ठिमी चोक, भक्तपुर क्यान्सर अस्पताल र सूर्यविनायक चोकमा रहेका मानिसहरुलाई खाना खुवाएका छन् । मानव सेवा आश्रमसँग मिलेर उनले यो काम गरेका हुन् । पलले खाना खुवाउन पाउँदा अति नै खुशी लागेको बताएका छन् ।

चलचित्र क्षेत्रमा लागेसँगै पलले सामाजिक कामलाई पनि निरन्तरता दिइरहेका छन् । केही दिनअघि साँखुमा रहेको एक आश्रममा पुगेर पलले त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका थिए । साथै, केही साताअघि अभिनेता पल शाहले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका चलचित्र प्राविधिकहरूलाई आफैंले भेटेर उनले पाँच लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

Leave a Reply