सलमान र ज्याकलिनको रोमान्टिक मुडमा ‘तेरे बिना’ सार्वजनिक(भिडियोसहित)

बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलिन फर्नान्डीजको नयाँ गीत ‘तेरे बिना’को भिडियो सार्वजनिक भएको छ । गीतलाई सलमान आफैंले आफ्नो आधिकारिक युट्युब च्यानेलमार्फत सार्वजनिक गरेका हुन् । गीतलाई सलमान आफैंले गाएका हुन् । सब्बिर अहमदको शब्द रहेको गीतमा अजय भाटियाको संगीत र आदित्य देवको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको सम्पूर्ण छायांकन सलमानको पनवेल फार्महाउसमा गरिएको हो ।सलमानले आफैं निर्देशन गरेको भिडियोको छायांकन र कोरियोग्राफी साजन सिंहले गरेका छन् भने गीतलाई रितेश सोनी सम्पादक हुन् ।

लकडाउनका कारण सलमान आफ्नो पनवेल फार्म हाउसमा छन् । सलमान आफ्नो केहि नजिकको साथीहरु र परिवार सहित फार्म हाउसमा छन्। सलमानसंग बलिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नान्डेज र गायिका उलिया वन्तुर पनि छिन् ।

Leave a Reply