रिमा भन्छिन्,‘लकडाउन सकिँदासम्म चौरासी व्यञ्जन बनाउन सिकिसक्छु’(भिडियो)

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले हिजो फेरी बैशाख २५ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ । वर्षमा विरलै घरमा फुर्सदसँग बस्न पाउने सेलिब्रेटीहरु अहिले परिवारसँग समय काटिरहेका छन् । लकडाउनमा घरमै रहँदा पनि कलाकारहरुले चेतनामुलक भिडियो सामाग्री भने तयार पारिरहेका छन् र घरमै विशेष सावधानी अपनाउन पनि अपिल गरिरहेका छन् ।

लकडाउनको समयमा कोही कलाकारहरु किताब पढ्दै छन्, कोही आफ्नो रुचि पुरा गर्दैछन्,कोही नयाँ कन्सेप्टको विकास गरिरहेका छन् भने कोही खाना पकाइरहेका छन् । खाना पकाइरहेको भन्दा धेरैलाई अभिनेत्री रीमा विश्वकर्माको याद आउन सक्छ। केही समय अगाडि अभिनेत्री रीमा विश्वकर्माले लकडाउनमा बल्ल कालो चिया उमाल्न जानेको भनेपछि उनी ट्रोलको शिकार भएकी थिइन् ।

आफ्नै युट्युव च्यानलमार्फत दर्शकको प्रश्नको जवाफ दिँदै अन्तर्क्रिया गर्न आएकी रीमाले कामको व्यस्तताका कारण भान्साको काम गर्न नभ्याउने हुँदा उनले अब भने शाकाहारी तरकारी बनाउन सिकेको बताएकी छिन् । साथै आफूले जेरीसमेत बनाउन थालेको बताएकी छिन् । उनले जिस्किँदै लकडाउन सकिँदासम्ममा चौरासी व्यञ्जन बनाउन सिकिसक्ने बताइन् ।रीमाले आफू कमाएर ल्याउने जिम्मेवारीमा भएका कारण र सानै उमेरदेखि भान्सामा छिर्नु नपरेकोले भान्साको विषयमा खासै ज्ञान नभएको बताउँदै आएकी थिइन् ।

उनले भिडियोमा आफ्ना प्रिय साथीको विषयमा समेत बोलेकी छन् । उनको साथ कहिल्यै नछोड्ने अभिनेत्री केकी अधिकारी आफ्नो ‘लेडी लभ’ भएको बताइन् ।उनी आफूलाई फिट राख्नका लागि नाचेर ब्यायाम गर्ने बताउँदै घरको काम गरेर समेत शरीर फिट रहन सक्ने बताएकी छिन् ।

Leave a Reply