पल शाह असहाय बालबालिकालाई खाना खुवाउन पुगे

विश्व यतिबेला कोरोना भाइरसबाट आक्रान्त छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । कोरोना सङ्क्रमणको त्रास र लकडाउनले जनजीवन निकै प्रभावित भइरहेको छ । यसैबिच नायक पल शाहले सोमबार साँखु नजिक रहेको एक आश्रममा पुगेर सहयोग गरेका छन् ।

उनी आश्रममा पुगेर त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका हुन् । आश्रममा रहेका ५५ जना द्वन्द्वपीडित तथा अपाङ्ग असहायहरूलाई उनले खाना खुवाए । समाजसेवी विमल पन्तको समूहसँग मिलेर पलले त्यहाँ खाना खुवाएका हुन् । पलले भने, ‘त्यहाँ दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरू हुनुहुँदोरहेछ । उहाँहरूलाई हमीले खाना खुवायौँ । साथै, केही चामल र तरकारीहरू पनि सहयोग गरेका छौँ ।’ केही दिनअघि उनै नायक पल शाहले लकडाउनले प्रभावित भएका चलचित्र प्राविधिकहरूलाई सहयोग गरेका थिए ।

Leave a Reply