रामबाबु गुरुङको ‘फूलबारी’मा प्रियंका कार्की अनुबन्धित

अभिनेत्री प्रियंका कार्की ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ चलचित्र ‘फूलबारी’मा अनुबन्धित भएकी छन् । चलचित्रको प्रमुख भूमिकाको लागि प्रियंका अनुबन्धित भएकी हुन् ।

आमा बनेपछि चलचित्र अभिनयबाट बाहिर रहेकी उनले यहि चलचित्रबाट कमब्याक गर्ने भएकी छन् । गत बैशाख २५ गते रिलिज भएको चलचित्र ‘लक्का जवान’पछि प्रियंका अभिनयमा फर्किन लागेकी हुन् ।

‘फूलबारी’ का लागि प्रियंका अनुबन्धित भएको निर्देशक गुरुङले जानकारी दिएका छन् । चलचित्रमा प्रियंकाको अलवा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, सोम खनालको समेत मुख्य भूमिका रहने छ । भदौको अन्तिमबाट छायांकन तयारी भइरहेको चलचित्र पारिवारिक कथामा बन्न लागेको हो । चलचित्रलाई यशोधा फिल्मस् निर्माण गर्ने छ ।

Leave a Reply